सक्षम टिमलाई मन्त्रिपरिषद्मा पठाउने एमालेको निर्णय « Khabarhub

सक्षम टिमलाई मन्त्रिपरिषद्मा पठाउने एमालेको निर्णय


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा एमालेले सक्षम र परिणाम दिन सक्ने टिमलाई मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको छ । 

पार्टी कार्यालय च्यासलमा बुधबार बसेको एमाले सचिवालय बैठकले अव बन्ने सरकारलाई प्रभावकारी बनाउनका लागि सक्षम र परिणाम दिन सक्ने टिमलाई मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको हो । 

असार २८ गते प्रधानमन्त्रीको विश्वासको मत लिने काम पछि सरकार गठनको प्रक्रिया सुरु हुने र त्यसपछि विस्तृत रुपमा मन्त्रिपरिषद्मा पठाउने व्यक्तिहरूका विषयमा छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनले एमाले-कांग्रेसले बराबरीको हैसियतमा सरकार सञ्चालन गर्ने र अन्य दललाई सङ्ख्याका आधारमा प्रतिनिधित्व गराउने बताए । 

ज्ञवालीले केपी ओलीको नेतृत्वमा सरकार गठन गर्नको लागि कुनै कानूनी जटिलता नभएको भन्दै संविधानको धारा ७६ (२) अनुसार कै नयाँ सरकार गठन हुने बताए ।

बैठकले सम्बन्धित भूगोलभन्दा बाहिर पठाएका पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई आफ्नै भूगोलमा फर्काइने र नयाँ कार्यविभाजन गर्ने निर्णय गरेको छ । जस अनुसार केन्द्रीय सदस्यहरूलाई तल्लो इकाइको आधारमा प्रतिनिधि र प्रदेशसभा निर्वाचन क्षेत्रमा जिम्मा दिने गरि आधारभूत इकाई निर्वाचन क्षेत्रको समन्वय कमिटीलाई आधार बनाएर कार्यविभाजन गर्ने ज्ञवालीले जानकारी दिए । 

त्यस्तै प्रदेशले कार्यविभाजन गर्दा पालिकालाई आधार र जिल्लाले वडालाई, पालिकाले टोललाई कार्यक्षेत्र बनाउने गरि मापदण्ड निर्धारण गरिएको उनले बताए । 

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  २ : २९ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर