डीपी अर्यालले हिनामिना गरे, पार्टीको पैसा पनि खल्तीमा हाले : मुकुल ढकाल | Khabarhub Khabarhub

डीपी अर्यालले हिनामिना गरे, पार्टीको पैसा पनि खल्तीमा हाले : मुकुल ढकाल


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी निष्कासित महामन्त्री मुकुल ढकालले पार्टी उपसभापति डोलप्रसाद अर्यालले पार्टीमा आर्थिक हिनामिना गरेको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ढकालले पार्टीमा आर्थिक हिसाब–किताब मिलाउने जिम्मा पाएका उपसभापति अर्यालले पारदर्शिता नअपनाएको बताएका हुन् ।

अर्यालले पार्टीलाई आएको चन्दासमेत आफ्नै खल्तीमा हालेको दाबी ढकालले गरेका छन् ।

‘आर्थिक हिसाब–किताब मिलाउने जिम्मा डीपी अर्याललाई दिइएको थियो । मैले पार्टी स्थापना गर्दा पार्टी चलाउन पैसा चाहिन्छ, के गर्ने हो भनेको थिएँ । मुकुल तिमी पैसाको चिन्ता नलेऊ,दस्तावेजको कुरा हेर, राजनीतिक कुरा हेर, पैसाको कुरा डीपी अर्यालको जिम्मा भयो भनेर सभापति रवि लामिछानेले भन्नुभएको थियो’, उनले भने, ‘त्यसपछि मैले कहिले पैसाको कुरा गरिनँ । त्यहाँ जुन पारदर्शिता अपनाउनुपर्‍थ्यो, त्यो अपनाइएन ।’

ढकालले रास्वपा स्थापना भएको पहिलो दिन राष्ट्रियसभा गृहमा हिसाब किताबमा पारदर्शिता अपनाउने भनिए पनि त्यो नभएको बताए ।

‘डीपी अर्याल सरले उदारता देखाउन सक्नुभएन । मैले बारम्बार आग्रह गरेँ–आर्थिक हिसाब–किताब क्लियर गर्दिनुपर्यो । उहाँले ऋण छ भन्नुहुन्थ्यो’, उनले भने, ‘डीपी अर्यालले केसम्म गर्नुभएको छ भने कोही साथीले दिएको पैसालाई पार्टी कोषमा जम्मा नगरी आफ्नो खल्तीमा राख्नु भएको रहेछ ।’

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ५ : १४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’