डीपी अर्यालले हिनामिना गरे, पार्टीको पैसा पनि खल्तीमा हाले : मुकुल ढकाल « Khabarhub

डीपी अर्यालले हिनामिना गरे, पार्टीको पैसा पनि खल्तीमा हाले : मुकुल ढकाल


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी निष्कासित महामन्त्री मुकुल ढकालले पार्टी उपसभापति डोलप्रसाद अर्यालले पार्टीमा आर्थिक हिनामिना गरेको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ढकालले पार्टीमा आर्थिक हिसाब–किताब मिलाउने जिम्मा पाएका उपसभापति अर्यालले पारदर्शिता नअपनाएको बताएका हुन् ।

अर्यालले पार्टीलाई आएको चन्दासमेत आफ्नै खल्तीमा हालेको दाबी ढकालले गरेका छन् ।

‘आर्थिक हिसाब–किताब मिलाउने जिम्मा डीपी अर्याललाई दिइएको थियो । मैले पार्टी स्थापना गर्दा पार्टी चलाउन पैसा चाहिन्छ, के गर्ने हो भनेको थिएँ । मुकुल तिमी पैसाको चिन्ता नलेऊ,दस्तावेजको कुरा हेर, राजनीतिक कुरा हेर, पैसाको कुरा डीपी अर्यालको जिम्मा भयो भनेर सभापति रवि लामिछानेले भन्नुभएको थियो’, उनले भने, ‘त्यसपछि मैले कहिले पैसाको कुरा गरिनँ । त्यहाँ जुन पारदर्शिता अपनाउनुपर्‍थ्यो, त्यो अपनाइएन ।’

ढकालले रास्वपा स्थापना भएको पहिलो दिन राष्ट्रियसभा गृहमा हिसाब किताबमा पारदर्शिता अपनाउने भनिए पनि त्यो नभएको बताए ।

‘डीपी अर्याल सरले उदारता देखाउन सक्नुभएन । मैले बारम्बार आग्रह गरेँ–आर्थिक हिसाब–किताब क्लियर गर्दिनुपर्यो । उहाँले ऋण छ भन्नुहुन्थ्यो’, उनले भने, ‘डीपी अर्यालले केसम्म गर्नुभएको छ भने कोही साथीले दिएको पैसालाई पार्टी कोषमा जम्मा नगरी आफ्नो खल्तीमा राख्नु भएको रहेछ ।’

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ५ : १४ बजे

फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ घोषणा

जेरुसेलम– इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं– बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका