जिम्बाबेविरुद्ध भारतको लगातार दोस्रो जित « Khabarhub

जिम्बाबेविरुद्ध भारतको लगातार दोस्रो जित


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


891
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले जिम्बाबेविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।

बुधबार भारतले सिरिजको तेस्रो खेल २३ रनले जितेको हो । भारतले दिएको १८३ रनको लक्ष्य पछाएको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाउदै १५९ रन मात्र बनाएको थियो ।

जिम्बाबेका लागि डिओन मेयर्सले सर्बाधिक ६५ रन बनाएका थिए भने क्लीभ माडान्डेले ३७ रन बनाएका थिए । त्यसैगरी भारतीय बलर वाशिंटन सुन्दरले सर्बाधिक ३ विकेट लिए भने अभेश खानले २ तथा खलील अहमदले एक विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर १८२ रन बनाएको थियो । भारतका लागि कप्तान शुभमन गिलले सर्बाधिक ६६ रन बनाए भने रुतुराज गायकवाडले ४९ तथा यशस्वी जयसवालले ३६ रन बनाएका थिए । त्यस्तै जिम्बाबेका बलर ब्लेसिंग मुजाराबानी र सिकन्दर राजाले २–२ विकेट लिएका थिए ।

यो जितसँगै भारत ५ खेलको सिरिजमा २–१ ले अगाडी भएको छ । यस अघि सम्पन्न दोस्रो खेलमा भारत विजयी भएको थियो भने पहिलो खेलमा जिम्बाबे विजयी भएको थियो । अब सिरिजको चौथो खेल शनिबार हुने तालिका रहेको छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ८ : ५९ बजे

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,