आर्थिक विकास सरकारको पहिलो प्राथमिकता : उपप्रधानमन्त्री सिंह | Khabarhub Khabarhub

आर्थिक विकास सरकारको पहिलो प्राथमिकता : उपप्रधानमन्त्री सिंह


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


822
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकास वर्तमान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । 

यस्तै सरकारले समाजमा देखिएको निराशालाई कामबाटै चिर्ने र नागरिकको दैनिकी सहज बनाउने बताएका छन् । 

आज काठमाडौंमा आयोजित उनले सरकारले जनताले अनुभूति गर्ने गरि काम गरेर निराशा चिर्ने बताए। अहिलेको सरकार विशिष्ट अवस्थामा बनेकोबारे सबैलाई जानकारी रहेको भन्दै उहाँले राजनीति निकास र आर्थिक विकासका लागि सरकारले काम गर्ने बताए ।

‘सरकारले अहिले समाजमा देखिएको  निराशालाई चिर्ने , काम गरेर देखाउने र डेलिभरेन्स दिने छ,’ उपप्रधानमन्त्री सिंहले भने,  ‘सरकार गठनअघि  देशलाई समृद्धिको मार्गमा लैजाने, निराशा चिर्ने र प्राप्त उपलब्धि रक्षा गरेर जानेगरि भएको सहमतिको जगमा यो सरकार बनेको तपाईँहरूलाई थाहै छ ।’

आफ्नै निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा उनले  क्षेत्रका मतदाताका कारण आफूले अहिले अवसर पाएको भन्दै मतदाताको चाहनाअनुसार विगतमा भन्दा धेरै काम गर्ने पनि बताए । आफूले विगतमा अवसर पाउँदा पनि काम गरेको र अहिले पहिले भन्दा धेरै काम गर्नुपर्छ भन्नेमा सचेत रहेको बताए। 

अर्को फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले  जनमतको उपेक्षा गर्दै केही दलहरूले  निराशा र अस्थिरता बढाउने गरि भ्रम छरेकाले त्यसलाई रोक्न बनेको कांग्रेस एमाले सम्मिलित सरकारलाई काम नगर्ने छुट नरहेको  सिंहले दोहोर्‍याए । 

सामाजिक सञ्जाल सन्देश प्रवाहको महत्वपूर्ण माध्यम भएपनि दुरुपयोग भइरहेको र केही दलले सामाजिक सञ्जाललाई भ्रम छर्ने माध्यम बनाएको भन्दै त्यसमा सचेत रहन पनि उनले आग्रह गरे । कार्यक्रममा बागमती प्रदेशका मन्त्री हरिप्रभा खड्गी र सुरजचन्द्र लामिछानेलाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  १२ : १४ बजे

भक्तपुरमा ब्रह्मायणी जात्राको रौनक

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

ब्राजिलमा डढेलोले दुई करोड २० लाख हेक्टर वन क्षेत्र जलेर नष्ट

ब्रासिलिया – ब्राजिलको वन क्षेत्र डढेलोबाट प्रभावित भएको र यस

विजयादशमीका दिन आज पोखरामा निःशुल्क बस सञ्चालन

कास्की – विजयादशमीका दिन आज पोखराका विभिन्न सातवटा रुटमा निःशुल्क

भारतीय राष्ट्रपति मुर्मू र प्रधानमन्त्री मोदीद्वारा दशैँको शुभकामना

नयाँदिल्ली– भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले विजयादशमीका

राष्ट्रपति पौडेलद्वारा विजया दशमीको टीका ग्रहण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट शुभसाइतमा