नियम विपरित बनेका संरचना भत्काइँदै | Khabarhub Khabarhub

नियम विपरित बनेका संरचना भत्काइँदै


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका– ११ स्थित कलुवापुर–बेलौरी सडकको क्षेत्राधिकार भित्र बनाइएका भौतिक संरचना हटाइने भएको छ ।

सडकको दायाँबायाँ १५ मिटरको क्षेत्रमा बनाइएका खोका, छाप्रा, टहरा, ठेला, व्यवसायिक सामग्री, प्रचार प्रसारका सामग्री, पक्की भौतिक संरचना लगायत हटाउन लागिएको हो ।

सडक क्षेत्राधिकार भित्रका संरचना हटाउनका लागि तीन दिने सार्वजनिक सूचना प्रकाशित गरी सम्बन्धित व्यक्तिहरूलाई जानकारी दिने कार्य गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकतम खेमराज बिष्टले जानकारी दिए ।

उनका अनुसार यही साउन २७ गतेदेखि अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिने छ । ‘सडक अतिक्रमण हुँदा सवारी साधनको आवागमनमा असहज हुँदा दुर्घटनाको जोखिम उच्च रहेको छ’ उनले भने, ‘सडकको सुन्दरतामा समेत प्रतिकूल असर परेको छ ।’

सूचनाको अवज्ञा गरी अवैध संरचना सम्बन्धित पक्षले नहटाइए प्रचलित कानुन अनुसार कारवाही प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ । सडक अतिक्रमण हुँदा पानीको निकास थुनिएर बजार क्षेत्र जलमग्न हुने गरेको छ ।

सम्भावित सङ्क्रामक रोगहरू फैलिन सक्ने उच्च सम्भावना बढेर गएपछि नगरपालिकाको अवैध संरचना हटाउनका लागि गाडी बढाएको बताइएको छ ।

दुई दिन अघि मात्रै नगरपालिकाले थुनिएको पानीको निकास अस्थायी रुपमा खोलेको थियो । पानीको निकास हुने ठाउँमा पक्की भौतिक संरचना निर्माण गरिँदा दिगो व्यवस्थापन हुन सकेको छैन । यस अघि नगरपालिकाले पूर्व पश्चिम राजमार्गको झलारी, वन समिति लगायत बजारका अवैध सडक क्षेत्र अतिक्रमण गरी बनाइएका भौतिक संरचना हटाएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  १२ : ३३ बजे

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला

बनेपामा सकेट बम भेटियो, सुरक्षा सतर्कता बढाइयो

काभ्रे – काभ्रेपको बनेपा नगरपालिका–९ नयाँ बस्तीमा बुधबार साँझ सकेट

जंगीअड्‍डाको गेटमा जेन-जीलाई माइकिङ : यसरी झगडा नगर्नु, ‘ग्रुप लिडर’को नाम ट्याक्क लेखेर हामीलाई दिने

काठमाडौँ- नेपाली कांग्रेस र नेकपा एमालेले दुईतिहाइको सरकारलाई सदुपयोग गर्न

काठमाडौं उपत्यकामा २७ गते बिहानसम्म कर्फ्यु आदेश जारी

काठमाडौं – जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले काठमाडौं उपत्यकाको

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको भीड

काठमाडौं – आन्दोलनका कारण मङ्गलबार दिउँसोदेखि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय