गाजाको विद्यालयमा इजरायली हमला, एक सयभन्दा बढीको मृत्यु | Khabarhub Khabarhub

गाजाको विद्यालयमा इजरायली हमला, एक सयभन्दा बढीको मृत्यु


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

गाजा– गाजाको नागरिक सुरक्षा विभागले शनिबार गाजा सहरको एक विद्यालयमा इजरायली हमलामा ज्यान गुमाउनेको सङ्ख्याएक सयभन्दा बढी पुगेको अनुमान छ ।  

‘मृतकको सङ्ख्या हालसम्म एक सयभन्दा बढी पुगेको अनुमान छ, दर्जनौँ घाइते भएका छन् । विस्थापित प्यालेस्टिनीहरू बस्ने विद्यालयमा तीनवटा इजरायली रकेट प्रहार गरिएको थियो’, विभागका प्रवक्ता महमुद बासलले बताए। 

गाजाको सरकारी सञ्चार कार्यालयले आक्रमणमा एक सय भन्दा बढीको मृत्यु भएको बताएको छ । इजरायली सेनाले अल-ताबिन विद्यालयमा रहेको हमासको ‘कमान्ड एन्ड कन्ट्रोल सेन्टर’मा आक्रमण गरेको बताएको छ ।  

इस्लामिक जिहाद प्यालेस्टिनी सैन्य समूहले बिहानको प्रार्थनाको समयमा विद्यालयमा आक्रमण भएको बताएको छ । 

गाजा सरकारी सञ्चार कार्यालयका महानिर्देशक इस्माइल अल–थावाब्ताले बताएअनुसार आक्रमणमा १ सय  भन्दा बढीको मृत्यु र दर्जनौं घाइते भएका छन्, जसमध्ये अधिकांशको अवस्था गम्भीर छ ।

गाजा सरकारी सञ्चार स्रोतहरूले उक्त विद्यालयमा करिब दुई सय ५० जना महिला र बालबालिका रहेको र तीमध्ये लगभग आधा महिला र बालबालिकाको आक्रमणमा मृत्यु भएको बताएका छन् । 

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  १ : ३४ बजे

साम्बालाई मर्स्याङ्दी गाउँपालिकाको सम्मान

लमजुङ – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड

बाजुराकी पवित्राले बाटोमै जन्माइन् तेस्रो सन्तान

धनगढी – बाजुराको बुढीगंगा नगरपालिका ७ झालीकी पवित्रा ल्वारले बाटोमै

कैलालीमा रगत अभावपछि बिरामीको उपचारमा समस्या

कैलाली – कैलालीमा रगत अभाव भएपछि बिरामीको उपचारमा समस्या भएको

एमालेमा फर्किन ओलीले छेकेपछि शुक्रबार धारणा सार्वजनिक गर्दै पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं- नवीकरण गरिसकेको सदस्यतासमेत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

मस्को – रुसको सुदूर पूर्वी दुर्गम क्षेत्रमा बिहीबार करिब ५०