किसन राई ‘अलाइभ ग्लाइडर’बाट ठगिएका सहकारी पीडितको उपचार नपाउँदा मृत्यु « Khabarhub

किसन राई ‘अलाइभ ग्लाइडर’बाट ठगिएका सहकारी पीडितको उपचार नपाउँदा मृत्यु


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.4k
Shares
  • change font
  • change font
  • change font

युवा विकास बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष किसन राई र वीर अस्पतालमा मृतकको शव ।

काठमाडौं– ठगीमा परेका एक पीडितको उपचार नपाएरै मृत्यु भएको खुलेको छ । वीर अस्पतालमा शनिबार विहान २ बजेतिर ६६ वर्षीय राजेन्द्र स्थापितको मृत्यु भएको महानगरीय प्रहरी वृत जनसेवाले जानकारी दिएको छ ।

स्थापित पाको न्यूरोडस्थित युवा विकास बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडबाट ठगिएका उनका आफन्त र साथीहरूले बताएका छन्‌ । सो सहकारीका अध्यक्ष विवादास्पद छविका व्यवसायी अलाइभ ग्लाइडर भनिने किसन राई हुन्‌ । संगम राई कोषाध्यक्ष हुन्‌ ।

राजेन्द्रकी श्रीमती जसबाटी बाबा बज्राचार्यले बैंकमा राखेको १ करोड ३३ लाख रुपैयाँ झिक्न लगाएर राई लगायतले सहकारीमा राख्न लगाएको पीडितका आफन्तले बताएका छन्‌ । निःसन्तान स्थापित दम्पत्तिलाई बैंकले भन्दा बढी ब्याज दिने र बुढेसकालमा सुविधाका लागि आवश्यक व्यवस्था गरिदिने प्रलोभन दिँदै सो सहकारीका सञ्‍चालकले रकम खिचेको आफन्तजनको भनाइ छ ।

सहकारीका अध्यक्ष किसन राई सीटीभी मोबाइल प्रालिका अध्यक्ष र प्रबन्ध निर्देशक पनि हुन्‌ । सो सहकारीबाट ठगिएका पीडितहरू १५ महिनादेखि आन्दोलनरत छन्‌ ।

स्थापित लामो समयदेखि बिरामी परेका र उपचारका लागि पाँच लाख रुपैयाँ भए पनि जम्मा गरिदिन आग्रह गर्दासमेत सञ्‍चालक राईले नटेरेको बुझिएको छ ।

मृतकका एक आफन्तका अनुसार राई केही दिनअघि अस्पतालमै पुगेर पीडितलाई धम्क्याएका थिए । राजेन्द्रकी श्रीमतीले उपचार गर्न आवश्यक रकम भए पनि दिन याचना गर्दा राईले ‘तिमीहरू जस्ता कति मरे मरे, अब पनि धेरै मर्छन्‌, मलाई कसैले केही गर्न सक्दैन’ भनी धम्क्याएर फर्किएका थिए ।

युवा विकास बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडलाई सहकारी विभागले २०७८ सालमै कालोसूचीमा राखेको थियो । विभिन्न बैंक तथा वित्तीय संस्था र राष्ट्रिय सहकारी बैंक लगायत अन्य निकायबाट लिएको ऋण नतिर्दा सो सहकारी कालोसूचीमा परेको थियो ।

भिडियो-

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ३ : १० बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने