राजनीतिक हस्तक्षेपकारी नीतिले शैक्षिक संस्था दुर्बल हुँदैछन् : शिक्षामन्त्री « Khabarhub

राजनीतिक हस्तक्षेपकारी नीतिले शैक्षिक संस्था दुर्बल हुँदैछन् : शिक्षामन्त्री


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले मुलुकमा रोजगारीका अवसर प्राप्त नभएकाले युवाहरू पढ्नका लागि देशबाहिर जाने परिस्थिति सिर्जना भएको बताएका छन् ।

शनिबार काठमाडौंमा त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएशन नेपालको ५ औं साधारण सभा उद्‌घाटन गर्दै मन्त्री भट्टराईले विद्यार्थीहरू पढ्नका लागि बाहिरिनुको कारण मुलुकको शैक्षिक प्रणाली वा विश्वविद्यालयमात्रै नभइ ज्ञान पछिको रोजगारीको अवसर प्राप्त हुन नसक्ने देखेर उनीहरु देशबाहिर जाने परिस्थिति सिर्जना भएको बताएका हुन् । 

उनले राजनीतिक अस्थीरताका कारण देशमा केही हुँदैन भन्ने भाष्यका कारण पनि विद्यार्थीहरू बाहिरिरहेको जिकिर गरे । मन्त्री भट्टराईले शिक्षालाई मजबुत बनाउन विश्वविद्यालय तयार छ भन्ने प्रमाणित गर्न सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने धारणा राखे ।

विश्वविद्यालयमा राजनीतिक हस्तक्षेपकारी नीतिले शैक्षिक संस्थाहरू दुर्बल हुँदै गएको उनको भनाइ छ । उनले विद्यालय शिक्षा ऐन बनाइरहँदा शैक्षिक पाठ्यक्रम लगायतका विषयमा धेरै काम गर्न बाँकी रहेको बताए ।

कार्यक्रमका बिभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरूलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ५ : ३३ बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने