राष्ट्रसङ्घका प्रतिवेदकद्वारा इजरायलमाथि ‘नरसंहार’ को आरोप « Khabarhub

राष्ट्रसङ्घका प्रतिवेदकद्वारा इजरायलमाथि ‘नरसंहार’ को आरोप


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायलले शनिबार एक विद्यालयलाई लक्षित गरी गरेको हवाई आक्रमणपछि संयुक्त राष्ट्रसङ्घद्वारा नियुक्त एक  मानवअधिकार विज्ञले गाजा युद्धमा इजरायलले व्यापक ‘नरसंहार’ गरेको आरोप लगाएका छन् ।  सो आक्रमणमा ९३ जनाको मृत्यु भएको छ ।

“इजरायलले एउटा अस्पताल, विद्यालय र शरणार्थी शिविरमा आक्रमण गर्दा ठूलो मानवीय क्षति भएको र अधिकांश महिला बालबालिका र सर्वसाधारण हताहत भएका छन्,” प्यालेस्टिनी भूभागमा अधिकारको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक फ्रान्सेस्का अल्बानीजले सामाजिक सञ्जाल एक्समा भने। 

इजरायलले ‘अमेरिकी र युरोपेली हतियार’ प्रयोग गरेर प्यालेस्टिनीविरुद्ध यस्तो आक्रमण गरिरहेको अल्बानीसले बताए । 

उनले भने, “प्यालेस्टिनीहरूले उनीहरूको रक्षाका लागि अधिकारवादी समूहले खेल्नुपर्ने भूमिकामा सामूहिक अक्षमताका लागि हामीलाई क्षमा गरून् ।” 

गत मार्चमा जारी गरिएको एक रिपोर्टमा अल्बानीजले गाजामा इजरायलले आफ्नो युद्धमा ‘नरसंहार’ का थुप्रै कार्यहरू गरेको पुष्टि गर्ने ‘उचित आधार’ रहेको बताएका थिए । 

लामो समयदेखि अल्बानीज र उहाँको जिम्मेवारीको अत्यधिक आलोचना गर्दै आएको इजरायलले रिपोर्टलाई ‘वास्तविकतालाई छायाँ पार्ने काम’ का रूपमा निन्दा गर्दै आएको छ । 

इजरायलमा अक्टोबर ७ मा हमास समूहले गरेको आक्रमणको बदलामा गाजापट्टीमा १० महिना लामो सैन्य कारबाही चलाउँदै आएको इजरायलमाथि हमासले गरेको आक्रमणको पनि उनले निन्दा गर्दै आएका छन्  । 

विशेष दूतहरू संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार परिषद्वारा नियुक्त भएका स्वतन्त्र पर्यवेक्षक हुन् । 

यसैबीच, इराकका शीर्ष शिया मुस्लिम धर्मगुरु ग्रान्ड अयातुल्लाह अली सिस्तानीले इराननिकट दुई लडाकू नेताको हत्यापछि क्षेत्रीय तनाव र सम्भावित ‘विनाशकारी परिणाम’ को जोखिम रहेको शनिबार बताए । 

सिस्तानीले गाजामा जारी ‘नरसंहार’  र युद्ध अन्त्य गर्न पनि आग्रह गरेका छन्। उनको यो भनाइ शनिबार विस्थापित प्यालेस्टिनीहरूको एक विद्यालयमा भएको हवाई आक्रमणमा ९० जनाभन्दा बढीको मृत्यु भएपछि आएको हो । 

दुर्लभरूपमा राजनीतिक गतिविधिबारे अभिव्यक्ति दिनुहुने इस्लामिक धर्मगुरु सिस्तानीले एक सन्देश जारी गर्दै भने, ‘गाजामा जारी अपराधको शृङ्खलामा फेरि एउटा निन्दनीय घटना थपिएको छ । इजरायली सेनाले गाजामा ठूलो नरसंहार गरेको छ ।’ 

उनले हमास र हिजबुल्लाह समूहका शीर्ष नेताहरूको हालैको हत्याले ‘ठूलो भिडन्त’ को खतरा बढाएको र यसले यस क्षेत्रका लागि ‘विनाशकारी परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिएका हुन् । 

‘हामी फेरि एकपटक विश्वलाई यस भयानक क्रूरताविरुद्ध उभिन आह्वान गर्दछौं’, सिस्तानीले भने, ‘गाजामा नरसंहार युद्धको अन्त्यका लागि दबाब दिन मुसलमानहरूलाई एकजुट हुन हामी आग्रह गर्दछौँ ।’

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ८ : ०१ बजे

‘विदेशी मुद्रा सञ्चितिलाई विकास कोषमा लगाउँदा मुलुक दुर्घटनामा पर्न सक्छ’

मौद्रिक नीतिको विषयमा बहस गर्दा बजेटको कुरा पनि उठाउनुपर्छ ।

सरकार युएनडीपीसँग विकास सहकार्य चाहन्छ : अर्थमन्त्री 

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र विकास आवश्यकताअनुसार

गोलभेँडा किसानसँग कृषिमन्त्री, भनिन्- उचित मूल्य दिन कडा अनुगमन गर्दैछौं’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सडकमा गोलभेँडा फ्याँकेर

सुशासन कानुनी शासनबाट मात्र सम्भव, व्यक्तिवादले प्रणाली कमजोर बनाउँछ : पूर्वअर्थमन्त्री महत 

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले देशमा कानुनी

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान