आज २०८१ साल भदौ २५ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल भदौ २५ गते मंगलबारको राशिफल


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल भदौ २५ गते मंगलबार तदनुसार सन् २०२४ सेप्टेम्बर १० तारिख । भाद्र शुल्क पक्षको सप्तमी तिथि । महालक्ष्मी व्रत आरम्भ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : नसोचेको क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ । अष्टम भावमा चन्द्रमा पुगेकाले खानपानमा समस्या हुनेछ । आफ्नो आलोचना सुन्नुपर्ने हुनेछ । परिवारसँगको सम्बन्ध भने राम्रो बन्नेछ ।

वृष : तपाईंको बोलीमा मोहनी छ । बोलीकै कारण राम्रा काम बन्नेछन् । लगानीका क्षेत्रमध्ये स्वदेशमा ठुलो फाइदा हुनेछ ।
परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : तपाईंको मनमा अशान्तिले बास गरेकाले व्यवहारमा झमेला सहनुपर्ने हुनसक्छ । गणेशको पूजा गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ । सोचेर बोल्नु राम्रो होला । परिवारको तर्फबाट सम्मान मिल्नेछ । आज तपाईंले योजना बनाएका महत्त्वपूर्ण काम बन्नेछन् ।

कर्कट : आफूले दुःख गरेर जोगाएको धन सक्ने समूह सक्रिय छ । सहकार्यमा अगाडि बढ्नु भन्दा निजी ढंगले गरेको लगानीबाट फाइदा हुनेछ । बोली र व्यवहारमा एकरुपता नहुँदा परिवार र समाजमा टकराब हुने योग छ ।

सिंह : साना कुराले खटपटी बढ्नसक्छ । साना कुरामा तनाव नलिइकन अगाडि बढेमा तपाईंका सम्भावना धेरै छन् । परदेशको रमझमले मन आकर्षित हुनेछ । लगानी गरेको भए राम्रो प्रतिफल प्राप्त हुनेछ । परिवारसँग आजको दिन सुखका साथ दिन बित्नेछ ।

कन्या : बन्धुलाई फुट गराएर स्वार्थ पूरा गर्ने समय आएको छ । कृषि क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रगति हुनेछ । धार्मिक अभियान्तासँगको भेटले मनमा उत्साह बढ्नेछ । संस्कारको सुरुवात परिवारबाट हुनेछ ।

तुला : धनलक्ष्मी योग परेकाले नसोचेको ठाउँबाट आम्दानी हुनेछ । व्यवहारिक ज्ञानको आवश्यकता महसुस हुनेछ । सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ । परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : कर्मस्थानमा शुभ ग्रहको बहुमत भएकाले मनमा राम्रो भावको विकास हुनेछ । मन फराकिलो बन्नेछ । राज्यमाथिको जिम्मेवारी बोध हुनेछ । राजनीतिमा तपाईंको विशेष ठाउँ रहनेछ । बौद्धिक व्यक्तिको माया प्राप्त हुनेछ । सानो काममा नअल्झिनो फाइदा होला ।

धनु : शिक्षा र बौद्धिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । अनुत्पादक क्षेत्रमा लगानी बढ्ने भएकाले सचेत बन्नुपर्नेछ । वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट उन्नति हुनेछ । परिवारको विश्वास गर्ने बानीले धोका हुने सम्भावना देखिन्छ ।

मकर : बौद्धिक व्यक्तिसँग राम्रो अन्तरक्रिया हुनेछ । मन शान्त बन्नेछ । आफ्ना भनिएका साथीलेसमेत विपक्षीसँग मिलेर तपाईंविरुद्ध प्रहार गर्ने भएकाले सचेत बन्नुपर्ने छ । परिवारको साथ मिल्नेछ । न्यायिक क्षेत्रमा सफलता हात लाग्नेछ ।

कुम्भ : मन भारी बन्नेछ । अरुको कुरामा चित्त नबुझ्दा मन अशान्त हुनेछ । बिहान शिवको दर्शन गरेर कामको सुरुवात गरेमा मन शान्त हुनेछ । धार्मिक कार्यबाट कामको सुरुवात गरेमा मात्र दिन सफल हुनेछ ।

मीन : तपाईंका शुभ ग्रह बहुमतमा छन् । शुभ ग्रहको बहुमत हुनाले हरेक क्षेत्रमा नाम र दाम प्राप्त हुनेछ । संकटमा परिवारले साथ दिनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ५ : १४ बजे

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका