लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा « Khabarhub

लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यू इनर्जी भेहिकलहरुको लागी लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर काठमाडौंको तीनकुनेमा अवस्थित छ। सेन्टरमा ग्रुपले हालसालै ल्याएको चाइनिज़ ब्रान्ड केईको सर्भिस हुने जनाएको छ। केईको शो रुम नक्साल भाटभटेनीमा सञ्चालनमा आई सकेको छ।

कम्पनीका अनुसार बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जाबाट चल्ने गाडीको लागि भनेर छुट्टै सर्भिस सेन्टर सुरु गरिएको  हो ।

सेन्टरमा अत्याधुनिक प्रविधिका हाइ भोल्टेज ब्याट्रि चेक जांच गर्ने उपकरण जस्तै हाइ भोल्टेज ब्याट्रि बेलेन्सर, लिफ्टिङ ट्रली, हाइ भोल्टेज इन्सुलेटेड टुल्स, एयर टाइट्नेस टेस्टर जस्ता धेरै अत्याधुनिक र विश्व स्तरीय उपकरण का माध्यमबाट परीक्षण र मर्मत हुनेछ ।

सेन्टरमा सबै प्राविधिकहरू इभी सर्टीफाइड दक्षता हासिल गरेका छन्।

सर्भिस सेन्टरमा ईभि चार्जिङ पोइन्ट, पार्किङ सुविधा र ६ वटा गाडी एकै साथ सर्भिस गर्न सकिने सर्भिस बेहरु जडान गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ५ : ०२ बजे

सुरुङमा फसेकाको उद्धारमा विदेशी सहयोग नलिएको भन्दै कांग्रेसको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसले १० भदौको रसुवाको भोटेकोशीमा गएको भीषण

‘सरकार बाढीपीडितसम्म पुग्नै सकेन, मन्त्री र सांसदहरू सामाजिक सञ्जालमा रमाइरहेका छन्’

काठमाडौँ । नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकार बाढीपीडित नागरिकसम्म

जलवायु परिवर्तनका कारण भोटेकोशीमा बाढी आयो : प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने

भोटेकोशी बाढी : एक हजार ६८ शव भेटिए, चार हजार ६०६ सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको