सरकारी कार्यालयबाट शेयर कारोबारमा प्रतिबन्ध, टीएमएस चलाउन निषेध « Khabarhub

सरकारी कार्यालयबाट शेयर कारोबारमा प्रतिबन्ध, टीएमएस चलाउन निषेध


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अबदेखि सरकारी कार्यालयबाट शेयर कारोबार गर्न नपाइने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सामाजिक सञ्जालमार्फत देशभरका सरकारी कार्यालयबाट शेयर कारोबार नगर्न निषेध गरिएको जानकारी दिएका छन् ।

उनले सरकारी कर्मचारी शेयर कारोबारमा लाग्दा जनताको काममा बाधा पुगेको गुनासो आएपछि यस्तो निर्णय लिनुपरेको बताएका छन् ।

ओलीले जनगुनासोअनुसार देशैभरका सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली (टीएमसएस) माथि पनि प्रतिबन्ध लगाउने निर्णय भएको बताएका छन् ।

‘सरकारी कार्यालयमा बसेर शेयर बजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य छ। यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ । सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ’, उनले भनेका छन्, ‘यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरका सबै सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) मा प्रतिबन्ध लगाएको छ ।’

उनले सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको पनि बताए । सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न पनि कर्मचारीलाई ओलीले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ५ : ३५ बजे

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालको राष्ट्रिय पहिचानको

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित