आजका समाचार : उपसभामुख हटाउने तयारी, सरकारी कार्यालयमा शेयर कारोबार निषेध, धनराजलाई संकट | Khabarhub Khabarhub

आजका समाचार : उपसभामुख हटाउने तयारी, सरकारी कार्यालयमा शेयर कारोबार निषेध, धनराजलाई संकट


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

राष्ट्रपतिसमक्ष सुरक्षा परिषद्को प्रतिवेदन पेस
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्का पछिल्ला दुई आर्थिक वर्षका वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २६६ को उपधारा ३ बमोजिम राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले परिषद्का आर्थिक वर्षका २०७९-८० र २०८०-८१ क वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।


प्रधानमन्त्री ओलीले प्रतिवेदनमा समाविष्ट मुख्य विषयबारे प्रकाश पार्दै राष्ट्रिय, क्षेत्रीय,अन्तर्राष्ट्रिय सुरक्षास्थिति र चुनौतीको विश्लेषण प्रतिवेदनमा गरिएको जानकारी दिए।

सरकारी कार्यालयबाट शेयर कारोबारमा प्रतिबन्ध, टीएमएस चलाउन निषेध

खाँदबारीमा योगमाया आयुर्वेद विश्वविद्यालय निर्माण गर्ने सरकारको निर्णय

नवीन अनुसन्धानमा जुट्न वैज्ञानिकहरूलाई प्रधानमन्त्रीको आग्रह

आईकाओको मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन मन्त्री पाण्डे भारत प्रस्थान

अन्तर्राष्ट्रिय वित्त निगमले लगानी विस्तार गर्ने

आफूलाई कारबाही गरेर देखाउन एमाले नेता भीम रावलको चुनौती

उद्योगमन्त्री भण्डारीसँग कतारी राजदूतको भेट, कतार भ्रमणका लागि निम्तो

विश्व विद्यालय शिक्षा सुधारका लागि प्रधानमन्त्री जिम्मेवार बन्नुपर्छ : नैनसिंह महर

स्वास्थ्य बीमाको सिलिङ पाँच लाख पुर्‍याउन कठिन : मन्त्री पौडेल

‘देशले धेरै दल धान्‍न सक्दैन, बलिया राजनीतिक शक्ति चाहिएको छ’

भवन निर्माणको प्रगतिबारे ताकेता भइरहेको छ : शिक्षामन्त्री

परिवर्तनका लागि जनता जागरुक हुनुपर्छ : उपेन्द्र यादव

उपसभामुखको राजीनामा माग

नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले आफूलाई सही प्रमाणित गर्न राजीनामा दिएर छानबिनका लागि मार्गप्रसस्त गर्न उपसभामुख इन्दिरा राना मगरलाई सुझाव दिएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै बास्कोटाले बिभिन्न व्यक्तिलाई अमेरिका पठाउने प्रसंगमा उपसभामुखमाथि गम्भीर प्रश्न उठेकाले आफूलाई सही प्रमाणित गर्न राजीनामा दिएर छानबिनको ढोका खोलिदिन सुझाव दिएका हुन् ।


लोकतन्त्रमा सबैमाथि प्रश्न उठाउन पाइने र प्रश्नको सामना गर्दै आफूलाई सही प्रमाणीत गर्ने बाटो पनि रहेको पूर्वमन्त्रीसमेत रहेका बास्कोटाले बताए ।

आफूमाथि प्रश्न उठ्दा राजीनामा दिएर अनुसन्धान गर्ने बाटो खुल्ला गरेको स्मरण पनि बास्कोटाले गरेका छन् । प्रश्न उठिसकेपछि सामना गर्ने साहस र आँट राजनीतिक व्यक्तिमा हुनुपर्ने पनि उनले बताए ।

उपसभामुख रानालाई हटाउन कांग्रेस-एमालेले थाले हस्ताक्षर अभियान

सोविताको प्रश्न- खोजी-खोजी विरोधी समात्दै तह लगाउने यो राणा शासन हो ?

धनराजले संसद्‍मा भने- पूर्वश्रीमतीले गरेको सहकारी ठगीमा मलाई नजोडिदिनू

सहकारी प्रकरण : धनराज गुरुङमाथि निष्पक्ष छानविन गर्न गगन थापाको माग

उपसभामुख हटाउने योजनामा सफल होलान् कांग्रेस-एमाले ?  यस्तो छ संवैधानिक व्यवस्था

अर्थ समितिको प्रतिवेदनसहित बैंकिङ कसुर विधेयक प्रतिनिधिसभामा पेस

मैले सहकारी ठगी गरेको भन्ने समाचार भ्रामक : कांग्रेस उपसभापति गुरुङ

निषेधित क्षेत्रमै कोशीका पूर्व मुख्यमन्त्री कार्कीले थाले अनशन
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले स्थानीय प्रशासनद्वारा घोषित निषेधित क्षेत्रमै अनशन थालेका छन् ।

विराटनगरको देवकोटा चौक लाइनस्थित प्रदेश सभा गेटअगाडि कार्यकर्तासहित कार्की अनशनमा बसेका हुन् ।


त्यस क्षेत्रमा स्थानीय प्रशासनले मंगलबार दिउँसो निषेधाज्ञा जारी गरेको थियो ।

प्रदेश सभा बैठक चलिरहेको अवस्थामा उनी ९ बुँदे माग राख्दै आमरण अनशन बसेका हुन् । सरकारले माग पूरा नगरेसम्म अनशन जारी रहने कार्कीले बताएका छन् । कार्कीलाई उनकै सरकारका कानुनी मन्त्री शम्शेर राईले पनि अनशनमा साथ दिएका छन् ।

निवर्तमान मुख्यमन्त्री अनशन बस्ने ठाउँलाई प्रशासनले बनायो निषेधित क्षेत्र

‘मेलम्ची भ्रष्टाचारको अभियोजनमै पूर्वाग्रह’ : विशेष अदालत

४ लाख ५० हजार घुससहित वडाध्यक्ष पक्राउ

पोखरा पुगेका रविको चर्को विरोध, सहकारी पीडितहरूले देखाए कालो झन्डा

७० हजार उडान भरेर बिदा भयो बुद्धको एटीआर (तस्बिरहरू)

मधेश प्रदेशमा छ हजार हेक्टर वनक्षेत्र अतिक्रमित

‘कोशीटप्पुमा पर्यटन र जैविक विविधता संरक्षण गर्न सरकार प्रतिबद्ध’

जातीय झडपपछि मणिपुरमा कर्फ्यु
भारतको उत्तरपूर्वी राज्य मणिपुरमा जारी जातीय झडपको पछिल्लो चरणमा भएको हत्याको निन्दा गर्दै निरन्तर प्रदर्शन गरेपछि मङ्लबार कर्फ्यु जारी गरिएको अधिकारीहरूले बताएका छन् ।

मणिपुरमा हिन्दु मेइतेई बहुमत र मुख्यतया इसाई कुकी समुदायबिच एक वर्षभन्दा बढी समयदेखि आवधिक झडपहरू भईरहेका छन् । केही महिनाको सामान्य शान्तिपछि दुई समुदायबीच फेरि शत्रुता बढेपछि झडपमा गत हप्ता कम्तीमा ११ जनाको मृत्यु भएको थियो ।


प्रहरीका अनुसार विद्यार्थीको नेतृत्वमा भएको विरोध प्रदर्शनपछि सोमबार प्रहरीसँग झडप भएपछि मणिपुरको राजधानी इम्फाल र वरपरको उपत्यकामा कर्फ्यु लगाइएको हो ।

इम्फालमा राज्यका राज्यपालको निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मी माथि विद्यार्थीहरूले ढुङ्गा तथा प्लास्टिकका बोतलहरू प्रहार गरेको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

भारतमा पनि एमपक्सको सङ्क्रमण पुष्टि

भियतनाममा यागी चक्रवातका कारण ६५ जनाको मृत्यु, ३९ बेपत्ता

इजरायली हमलामा ४० जनाको मृत्यु

भाकपा महासचिव येचुरी गम्भीर बिरामी, दिल्लीको एम्समा उपचार हुँदै

अस्ट्रेलियाले सामाजिक सञ्जाल प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने

सिंगापुरका लगानीकर्ताले भारतमा ५ लाख करोड भारु लगानी गर्ने

ड्रोनबाट उत्पन्न हुने चुनौतीको सामना गर्ने भारत र इजरायलबीच छलफल

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ७ : ५८ बजे

जंगली हात्तीको आक्रमणबाट मृत्यु

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा २२

भारतको हरियाणा विधानसभा निर्वाचन, कांग्रेसको सुरुवाती अग्रता 

काठमाडौं– भारतको हरियाणा राज्यको विधान सभामा भारतीय नेशनल कांग्रेसले सुरुवाती

तीनमन्त्री खुर्कोटसहित बाढी प्रभावित क्षेत्रको अवलोकनमा

सिन्धुली– संघीय तीन मन्त्रीले सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा

उखुको समर्थन मूल्य छिटो तोक्न सांसद चौधरीको माग 

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य  एवं प्रतिनिधिसभाका सांसद विनोद चौधरीले

भारतद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण

बाँके– भारतले नेपालका बाढीपीडितका लागि सामग्री हस्तान्तरण गरेको छ ।