नेपाललाई भारतको सहयोग : पुलका स्टिल पार्टपुर्जा हस्तान्तरण « Khabarhub

नेपाललाई भारतको सहयोग : पुलका स्टिल पार्टपुर्जा हस्तान्तरण


२४ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

नेपाल सरकारबाट अनुरोध गरिएका यी पुलले हालै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सडक कनेक्टिभिटीलाई पुनःस्थापना गर्न नेपालको पुनर्निर्माण प्रयासमा सहयोग पुग्नेछ ।

३८ करोड रुपैयाँभन्दा बढी मूल्यका ती पुल भारत सरकारले अनुदानका रूपमा प्रदान गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । यी सामान वीरगञ्जमा रहेको भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई बुधबार साँझ हस्तान्तरण गरिन् । प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका बाँकी खेप आगामी दिनमा उपलब्ध गराइने जनाइएको छ ।

बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न यसअघि पछिल्लो दुई दिनमा भारतले अत्यावश्यक सरसफाई सामग्री, औषधि, लाइफ ज्याकेट, स्लीपिङ्ग म्याट तथा ब्याग, खाद्यवस्तु, इन्फ्लेटेबल रबर बोट, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतलसहितको २५ टनभन्दा बढीको राहत सामग्री उपलब्ध गराएर मानवीय सहयोग गरेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  ७ : ०० बजे

उपेन्द्र पौड्याललाई लाइफटाइम एचिभमेन्ट अवार्ड

काठमाडौँ- नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र

अभियन्ताले सुकुम्बासीलाई सडकमै खाना खुवाए (तस्बिरहरू)

भक्तपुर-भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीले शनिबार बिहान सडकमा

मत नदिए पनि कर्णाली सरकारको प्राथमिकतामा रहन्छ : सभापति लामिछाने

सुर्खेत- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीबाट

सुनछाप पहिरो नियन्त्रणका लागि एकीकृत योजना बनाइने

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित

ढोरपाटन राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो, ३५ किलोमिटर लाइन सञ्चालनमा

बागलुङ-  जिल्लाको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यका केन्द्रीय विद्युत् प्रसारण प्रणालीमा जोडिएको