आज कुन तरकारी कति मूल्यमा पाइन्छ ? | Khabarhub Khabarhub

आज कुन तरकारी कति मूल्यमा पाइन्छ ?


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।

समितिले जारी गरेको मूल्यसूची अनुसार बिहीबार ठूलो गोलभेडाको औसत मूल्य १४५ रुपैयाँ तोकिएको । यस्तै, सानो लोकल गोलभेडा हिजो १००, सानो गोलभेडा (टनेल) ११६ रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, रातो आलु ८२, रातो आलु (भारतीय) ६२, आलु रातो (मुडे) ८२ रुपैयाँ, प्याज सुकेको १०७, लोकल गाजर १३५, गाजर (तराई) ११०, बन्दा (स्थानीय) ५५, बन्दा (तराई) ३५, काउली स्थानीय १२५, मुला रातो ४५ रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

समितिका अनुसार लाम्चो भान्टा ५५, डल्लो भान्टा ६५, तने बोडी १००, मकै बोडी ६५, मटरकोशा १२५, लोकल घिउ सिमी ९५, हाइब्रीड घिउ सिमी ९५, टाटे सिमी ६५, भटमास कोसा ५५, तितो करेला ९५, लौका ७५, लोकल परवर ९५, चिचिण्डो ५५, घिरौँला ११०, पाकेको फसी ४५, हरियो फर्सी ३५, सलगम ९५, भिण्डी ५५, बरेला ११०, पिँडालू ६५, स्कुस २५ रुपैयाँ प्रतिकेजीमा खरिद बिक्री भइरहेको छ ।

यसैगरी, कन्य च्याउ १५६, डल्ले च्याउ ४२६, राजा च्याउ २९०, कुरीलो ५५०, न्यूरो ८५, रातो बन्दा १२५, ब्रोकाउली १७६, गान्टे मूला ९५ रुपैयाँ मूल्य कायम भएको छ ।

समितिले रायोको सागको औसत मूल्य प्रतिकेजी १६६ रुपैयाँ, पालुङ्गो साग १७६, तोरीको साग ७५, हरियो प्याज २२६, चुकुन्दर ८५, पुदिना ८५०, तामा ९५, गुन्द्रुक २७६, हरियो धनियाँ १७६ रुपैयाँ मूल्य निर्धारण गरेको छ ।

यस्तै, फूजी स्याउ ३१०, केरा दर्जनको १५५, अनार ३९०, भुइँ कटहर प्रतिगोटा १९०, काँक्रो (लोकल) १२५, काँक्रो (हाइब्रीड) ४५, मेवा (नेपाली) ५५, मेवा भारतीय ९५, अम्बा ८५, किबी ३४०, एभोकाडो २२६ रुपैयाँ मूल्य कायम गरिएको छ ।

रहु माछा ३४३, बचुवा माछा २४५, छडी माछा २५०, अदुवा १९०, भेडे खुर्सानी २९०, हरियो खुर्सानी १३५ रुपैयाँ कायम भएको समितिले जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  १० : ०८ बजे

डडेल्धुरामा जिप दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

अमरगढी– यहाँको नवदुर्गा गाउँपालिका–५ मा आज बिहान से १ ज

जनार्दनलाई स्वार्थ समूहको संज्ञा दिँदै प्रचण्डले भने- उनले नपत्याउँदैमा फरक पर्दैन, पदाधिकारी बैठकमा समीक्षा हुन्छ

विराटनगर- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले

ट्रम्पको ‘ट्यारिफ’ले खोस्यो भारतीय हिराको चमक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सामानमा ५० प्रतिशतसम्म

अनियन्त्रित मनलाई नियन्त्रित गर्न सत्संग गरौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अनियन्त्रित मनहरूलाई

अमेरिकी चर्चमा बन्दुकधारीले आक्रमण गर्दा दुई बालबालिकाको मृत्य, १७ जना घाइते

वाशिङ्टन- अमेरिकाको मिनियापोलिस राज्यको एक चर्चमा सेवा गरिरहेका विद्यालय जाने