आज कुन तरकारी कति मूल्यमा पाइन्छ ? « Khabarhub

आज कुन तरकारी कति मूल्यमा पाइन्छ ?


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।

समितिले जारी गरेको मूल्यसूची अनुसार बिहीबार ठूलो गोलभेडाको औसत मूल्य १४५ रुपैयाँ तोकिएको । यस्तै, सानो लोकल गोलभेडा हिजो १००, सानो गोलभेडा (टनेल) ११६ रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, रातो आलु ८२, रातो आलु (भारतीय) ६२, आलु रातो (मुडे) ८२ रुपैयाँ, प्याज सुकेको १०७, लोकल गाजर १३५, गाजर (तराई) ११०, बन्दा (स्थानीय) ५५, बन्दा (तराई) ३५, काउली स्थानीय १२५, मुला रातो ४५ रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

समितिका अनुसार लाम्चो भान्टा ५५, डल्लो भान्टा ६५, तने बोडी १००, मकै बोडी ६५, मटरकोशा १२५, लोकल घिउ सिमी ९५, हाइब्रीड घिउ सिमी ९५, टाटे सिमी ६५, भटमास कोसा ५५, तितो करेला ९५, लौका ७५, लोकल परवर ९५, चिचिण्डो ५५, घिरौँला ११०, पाकेको फसी ४५, हरियो फर्सी ३५, सलगम ९५, भिण्डी ५५, बरेला ११०, पिँडालू ६५, स्कुस २५ रुपैयाँ प्रतिकेजीमा खरिद बिक्री भइरहेको छ ।

यसैगरी, कन्य च्याउ १५६, डल्ले च्याउ ४२६, राजा च्याउ २९०, कुरीलो ५५०, न्यूरो ८५, रातो बन्दा १२५, ब्रोकाउली १७६, गान्टे मूला ९५ रुपैयाँ मूल्य कायम भएको छ ।

समितिले रायोको सागको औसत मूल्य प्रतिकेजी १६६ रुपैयाँ, पालुङ्गो साग १७६, तोरीको साग ७५, हरियो प्याज २२६, चुकुन्दर ८५, पुदिना ८५०, तामा ९५, गुन्द्रुक २७६, हरियो धनियाँ १७६ रुपैयाँ मूल्य निर्धारण गरेको छ ।

यस्तै, फूजी स्याउ ३१०, केरा दर्जनको १५५, अनार ३९०, भुइँ कटहर प्रतिगोटा १९०, काँक्रो (लोकल) १२५, काँक्रो (हाइब्रीड) ४५, मेवा (नेपाली) ५५, मेवा भारतीय ९५, अम्बा ८५, किबी ३४०, एभोकाडो २२६ रुपैयाँ मूल्य कायम गरिएको छ ।

रहु माछा ३४३, बचुवा माछा २४५, छडी माछा २५०, अदुवा १९०, भेडे खुर्सानी २९०, हरियो खुर्सानी १३५ रुपैयाँ कायम भएको समितिले जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  १० : ०८ बजे

बीपी स्मृति दिवसकै दिन कांग्रेस ईतरले रोज्यो फुटको साइत, सदस्यता नवीकरणमा गलेन संस्थापन

गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि देखिएको आन्तरिक विवाद समाधान हुन

खाद्य तथा कृषि संगठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु

काठमाडौं– नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठन (एफएओ)

शासकीय सुधारलाई निरन्तरता दिने सचिव बैठकको निर्णय

काठमाडौं– सरकारका सचिवहरूको बैठकले शासकीय सुधारका लागि अघि बढाइएका कार्यक्रमलाई निरन्तरता

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर, फेरि अधिवेशन गर्न निर्देशन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को बागलुङ जिल्ला कार्यसमिति बदर गरिएको छ।

बीपी स्मृति दिवसमा कांग्रेसका तीन विशेष कार्यक्रम, गगनले नयाँ अभियान घोषणा गर्ने

काठमाडौं- नेपाली कांग्रेसले जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवस ‘जलवायु