सगरमाथा साहित्य प्रतिष्ठानले गर्‍यो पाँच स्रष्टाको समान    | Khabarhub Khabarhub

सगरमाथा साहित्य प्रतिष्ठानले गर्‍यो पाँच स्रष्टाको समान   


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखाले ‘सगरमाथा स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम २०८१’ सम्पन्न गरेको छ ।

प्रा.डा. रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्य र साहित्यकार कलानिधि दाहालको आतिथ्यमा सम्पन्न सो कार्यक्रममा साहित्य, समाजसेवा र पर्यावरणका क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुनेहरूमा हरिभक्त सिग्देल, मानन्धर अभागी, डा. रेणुका सोलु, हेमन्तराज काफ्ले र ज्योति जंगल थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक ज्ञवालीले लेखेर र बोलेर मात्र साहित्यकार नहुने स्पष्ट गर्दै त्यसका लागि आफूभित्र आत्मविश्वास र लगनशीलता आवश्यक भएको बताए ।

सो अवसरमा संस्थाका अध्यक्ष बुद्धिबल श्रेष्ठ, उपाध्यक्ष भैरवी भूगोल, नेपाल शाखा प्रमुख अमन एकल र केन्द्रीय प्रवक्ता राजेशराज गड्तौलाले संस्थाका गतिविधि र आगामी योजनाका विषयमा आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा कवि तथा साहित्यकार सुमित्रा सुमी, मन्दिरा मधुश्री, टुकादेवी पौडेल आचार्यले आआफ्नो रचना पाठ गरेका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  २ : ४६ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका