चलचित्र विकास बोर्डको सङ्ग्रहालयलाई ७२ पटकथा प्राप्त « Khabarhub

चलचित्र विकास बोर्डको सङ्ग्रहालयलाई ७२ पटकथा प्राप्त


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डले सुरुआत गरेको पटकथा सङ्ग्रहालयमा चलचित्रमार्फत उत्साहक रूपमा पटकथाहरू प्राप्त भइरहेको जनाएको छ ।

बोर्डका अध्यक्ष दिनेश डिसीले ‘कबड्डी ४’, ‘बोक्सीको घर’, ‘छक्कापञ्जा ५’, ‘अन्तराल’, ‘दुई नम्बरी’, ‘चिसो मान्छे’ र ‘नाङ्गो गाउँ’ लगायतका ७२ चलचित्रको पटकथा प्राप्त भएको जानकारी दिए ।

‘नेपाली फिल्मको पटकथालाई अभिलेखको रुपमा राख्ने तयारीअनुसार हामीले सङ्कलन गरिरहेका छौँ । केही समयपछि यहाँ आएर सर्वाधिक सफल भएका वा राम्रो हुँदाहुँदै पनि दर्शकको साथ नपाएका चलचित्रको पटकथालाई नव चलचित्रकर्मीले पढ्न पाउनुहुनेछ । यो उहाँहरूको लागि प्रारम्भिक ज्ञानको रूपमा उपयोगी हुनेछ’, अध्यक्ष डिसीले भने ।

उनले पटकथा सङ्ग्रहालयले नयाँ पुस्तालाई घरेलु चलचित्रको इतिहास बुझ्न सजिलो बनाउने विश्वास व्यक्त गरे । ‘हामीले अहिले बोर्डलाई लयमा ल्याउन अहोरात्र मेहनत गरिरहेका छौँ । यहाँको बेथिति र ढिलासुस्तीलाई हटाउँदै काम गरिरहेकाले नेपाली चलचित्रकर्मीलाई लाभ दिनेछ । नयाँ चलचित्र ऐन, रियल टाइमबक्स अफिसमा डाटा प्राप्त हुनेलगायतका काम यही वर्षको अन्त्यसम्म गर्ने हाम्रो उद्देश्य छ’, अध्यक्ष डिसीले भने । रासस

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ११ : ०१ बजे

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने कटुवाल पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका

कविशिरोमणि पौड्यालको १४२औँ जन्मजयन्ती मनाइँदै

गण्डकी – कविशिरोमणि लेखनाथ पौड्यालको १४२औँ जन्मजयन्ती अन्तर्गतका त्रिदिवसीय कार्यक्रम