सिरियामा सत्ता हस्तान्तरणको सहमति: राज्यको सेना विद्रोही पक्षमा आवद्ध हुने « Khabarhub

सिरियामा सत्ता हस्तान्तरणको सहमति: राज्यको सेना विद्रोही पक्षमा आवद्ध हुने


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

दमासकस – सिरियाका पूर्व प्रधानमन्त्रीले विद्रोही शक्तिलाई शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्न सहमति जनाएका छन्। राजधानी दमासकसमा भएको बैठकपछि शान्तिपूर्ण सत्ता हस्तान्तरणमा प्रधानमन्त्री मोहम्मद अल बासिर सहमत भएका हुन्।

यो निर्णयपछि ५० वर्ष भन्दा लामो समयको असाद परिवारको बर्बरतापूर्ण शासनको अन्त्य भएको जनाइएको छ। यसैगरी विद्रोही सेनाले सिरियाको राज्य पक्षीय सेनालाई आफ्नै सेनामा आबद्ध गर्ने निर्णय गरेको छ।

हायात ताहिर अल साम (एचटिएस)का सैन्य अपरेसन कमान्डले सो निर्णय गरेको हो। एचटिएसले पुरानो सत्ताका सबैले डकुमेन्ट र सामग्री बुझाउन आवश्यक रहेको जनाएको छ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले असाद सरकार ढलेपछि मध्यपूर्वमा शान्ति स्थापनाका बारे जोर्डनका राजा अब्दुल्लाहसँग वार्ता गरेका छन्।

सन् २०१५ मै सिरियामा शान्ति स्थापनाका बारे रोडम्याप नै तयार भएको थियो। त्यसै रोडम्यापका बारे पनि चर्चा गर्ने सोच अहिले छ।

सिरियाको राजधानी दमासकस कब्जामा लिएपछि सम्बोधन गर्दै विद्रोही नेता अबु मोहम्मद अल जलवानी । तस्बिर : रोयटर्स

सन् २०१२ मा गृह युद्ध सुरु भएपछि आफ्नो दूतावास हटाएको अमेरिकाले फेरि सिरियामा दूतावास राख्ने भएको छ। आसाद सरकार ढलेपछि कूटनीतिक सम्बन्ध राख्नका लागि भने अमेरिका तयार रहेको छ।

पछिल्लो समय सिरियाका बारे संयुक्त राष्ट्र संघले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ। बफर क्षेत्रमा इजरायलको उपस्थितिमा राष्ट्र संघले असहमत जनाएको हो।

सन् १९७४ मा असंलग्न क्षेत्रका बारे गरिएको सम्झौता विपरीत अहिले इजरायलको उपस्थित भएको आरोप राष्ट्र सङ्घको छ।

इजरायलले पनि नेतान्याहुको सरकार ढलेपछि मध्यपूर्व नयाँ मोडमा प्रवेश गरेको बताएको छ।

सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलको हिजबुल्लाहसँगको लडाइँका कारण सिरियामा परिवर्तन भएको जनाएका छन्। हिजबुल्लाह र असादका अर्को सहयोगी इरान कमजोर भएकै कारण सिरियामा परिवर्तन सम्भव भएको उनको दाबी छ।

यो पनि पढ्नुहोस्

देश छोडेर भागेका सिरियाका राष्ट्रपति मस्कोमा, विद्रोही नेताले गरे सम्बोधन
को हुन्‌ सिरियामा असदलाई अत्याइरहेका विद्रोही कमान्डर अल-जुलानी ?
विद्रोहीले होम्स सहर कब्जामा लिएपछि सिरियाको सत्ता संकटमा
सिरियामा राष्ट्रपति आसादले छाडे शासन, विद्रोहीको कब्जामा राजधानी दमासकस

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ६ : ३८ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई