गृहमन्त्रीले भने- रविलाई दुर्व्यवहार भएको छैन, प्रचण्डले बोल्नु दुर्भाग्यपूर्ण « Khabarhub

गृहमन्त्रीले भने- रविलाई दुर्व्यवहार भएको छैन, प्रचण्डले बोल्नु दुर्भाग्यपूर्ण


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा रवि लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित गर्ने काम भइरहेको बताएका छन् ।

मंगलबार सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री लेखकले सहकारी प्रकरणमा अनुसन्धान हुँदै गर्दा जिल्ला प्रहरी र सरकारी वकीलको कार्यालय घेरेर अनुसन्धान प्रभावित गर्न खोजिएको बताएका हुन् ।

उनले रवि र रास्वपाका कार्यकर्ताले अनुसन्धानलाई प्रभावित पार्न यस्ता हर्कत गरेको पनि बताएका छन् । मन्त्री लेखकले लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार भएको भन्ने हल्ला गलत भएको बताए ।

उनले सबैको मानवअधिकारको प्रश्नमा सरकार गम्भीर रहेको भन्दै लामिछानेमाथि न्यायपूर्ण ढंगले अनुसन्धान भइरहेको उल्लेख गरेका छन् ।

न्यायिक प्रक्रिया प्रभावित गर्ने ढंगले कसैले बोल्नु गलत हुने उनले बताए । गृहमन्त्री लेखकले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवि प्रकरणमा सरकारले प्रतिशोध साँध्यो भनेर बोल्नु दुर्भाग्यपूर्ण रहेको पनि बताए ।

‘प्रमुख प्रतिपक्षी दलका नेताले यस्ता कुरामा बोल्नु दुर्भाग्यपूर्ण हो’, उनले भने, ‘कसैले पनि अनुसन्धानलाई प्रभावित गर्न खोज्नु गलत हो ।’

उनले कुनै पनि कुरालाई अतिरञ्जनपूर्ण ढंगले प्रस्तुत गर्ने र भीड जम्मा गरेर अनुसन्धान प्रभावित गर्ने काम बेठिक भएको पनि बताए ।

गृहमन्त्री लेखकले नेकपा एमाले र नेपाली कांग्रेसबीच सुमधुर सम्बन्ध रहेको बताउँदै सहमति अनुसार नै वर्तमान सरकार अघि बढ्ने पनि उल्लेख गरेका छन् । गृहमन्त्री लेखकले सरकारलाई अस्थिर बनाउने षड्यन्त्र भइरहेको पनि बताएका छन् ।

‘सरकार ढल्छ भन्ने हल्लामा कुनै आधार छैन, सरकारमा भएका दलहरूबीच सौहार्दपूर्ण सम्बन्ध छ,’ उनले भने, ‘प्रधानमन्त्रीले नै आलापोलोको सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता गर्नुभएको छ, सम्झौताअनुसार अबको १८ महिनापछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ ।’

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १ : ०५ बजे

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई

२५ वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडाैं – एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा