कर्णालीविरुद्ध कुशल १० रनमै आउट, एनपीएलमा लगातार असफल « Khabarhub

कर्णालीविरुद्ध कुशल १० रनमै आउट, एनपीएलमा लगातार असफल


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल फेरि एक पटक असफल भएका छन् ।

मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तपुरमा भइरहेको कर्णाली याक्सविरुद्धको महत्वपूर्ण खेलमा पनि कुशलले कमाल गर्न सकेनन् ।

एन्ड्रिज गौश र दिनेश खरेल २५ र २६ रनको अवस्थामा आउट भएपछि तेस्रो क्रममा आएका कुशलको काँधमा टोलीको स्कोर उकास्ने जिम्मेवारी आएको थियो ।

तर उनी यसअघिका खेलमा जस्तै फ्लप सावित हुन पुगे । उनले ११ बलमा १० रन मात्रै बनाएको अवस्थामा क्याच आउट हुँदै पवेलियनको बाटो समाते ।

निराशाजनक प्रदर्शन

मंसिर १८ गते भएको पहिलो खेलमा पोखरालाई छिमेकी चितवन राइनोजले ८७ रनको फराकिलो अन्तरले माथ खुवाएको थियो ।

कीर्तिपुर मैदानमा आफ्नो पहिलो खेलका लागि उत्रिएको पोखराले चितवनले दिएको १६२ रनको चुनौती पछ्याउँदा ७४ रनमै समेटिएको थियो । त्यो पनि पोखराले १३.२ ओभरमा सबै विकेट गुमाएर धरासायी भएको थियो ।

उक्त खेलमा जवाफी ब्याटिङ सम्हालेका कुशलले चितवनविरुद्ध खातासमेत खोल्न पाएनन् ।

ओपनर एवम् पोखराका कप्तान कुशलल पहिलै बलमै रनको खातै नखोली ‘रोयल डक’ भएर पवेलियन फर्किएन। उनलाई सोहल तानवीरले रवि बोपारमार्फत् क्याच आयट गराएका थिए ।

उक्त खेलको सुरुमै कप्तान एवम् भरोसा गरिएका ब्याटर आउट भएपछि पोखरा धरासायी भयो ।

त्यसपछि भएको अर्को खेलमा कुशल जनकपुर बोल्ट्सविरुद्ध तेस्रो क्रममा आए ।

तेस्रो क्रममा आउँदा पनि कुशलले उही नियति दोहोर्‍याए । पहिलो खेलमा जस्तै कुशल फ्लप भएका थिए । पोखरा एभेन्जर्स पनि जनकपुरसँग ७ विकेटको फराकिलो अन्तरले पराजित भयो ।

तेस्रो क्रममा आएका कुशलले जनकपुर बोल्ट्सविरुद्ध ६ बलमा ६ रनमात्रै बनाउन सके । मार्की खेलाडी एवम् टीमका भरोसायोग्य ब्याटर नचलेपछि पोखरा एभेन्जर्सका अरु ब्याटर पनि सुरुदेखि नै चल्न सकेनन् ।

तेस्रो खेलमा पोखराले लुम्बिनीविरुद्ध विकेट नै नगुमाई जित निकाल्यो । पोखराका दिनेश खरेल र एन्ड्रिज गौस जम्दा खरेलले ब्याटिङ गर्नै पाएनन् । गौस र खरेलले नै पोखरालाई जिताएका थिए ।

त्यसपछि मंगलबार भएको कर्णालीविरद्धो खेलमा पनि भुर्तेल फ्लप हुन पुगे। ओपनिङ राम्रो हुँदा पनि त्यसपछिका ब्याटर नटिक्दा पोखरा ध्वस्त भइसकेको छ ।

पोखरा ताजा अवस्थामा ८ विकेट गुमाउँदै ९७ रनको अवस्थामा छ । कुशलपछि आएका रायमन रेफरले २० रन जोडे । त्यसयता कुनै पनि ब्याटरले दोहोरो स्कोर गर्न सकेका छैनन् ।

ताजा अवस्थामा पोखरा १५ ओभर खेल्दै ८ विकेटको क्षतिमा ९७ रनमा खेलिरहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  २ : १२ बजे

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित