कर्णालीविरुद्ध कुशल १० रनमै आउट, एनपीएलमा लगातार असफल | Khabarhub Khabarhub

कर्णालीविरुद्ध कुशल १० रनमै आउट, एनपीएलमा लगातार असफल


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल फेरि एक पटक असफल भएका छन् ।

मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तपुरमा भइरहेको कर्णाली याक्सविरुद्धको महत्वपूर्ण खेलमा पनि कुशलले कमाल गर्न सकेनन् ।

एन्ड्रिज गौश र दिनेश खरेल २५ र २६ रनको अवस्थामा आउट भएपछि तेस्रो क्रममा आएका कुशलको काँधमा टोलीको स्कोर उकास्ने जिम्मेवारी आएको थियो ।

तर उनी यसअघिका खेलमा जस्तै फ्लप सावित हुन पुगे । उनले ११ बलमा १० रन मात्रै बनाएको अवस्थामा क्याच आउट हुँदै पवेलियनको बाटो समाते ।

निराशाजनक प्रदर्शन

मंसिर १८ गते भएको पहिलो खेलमा पोखरालाई छिमेकी चितवन राइनोजले ८७ रनको फराकिलो अन्तरले माथ खुवाएको थियो ।

कीर्तिपुर मैदानमा आफ्नो पहिलो खेलका लागि उत्रिएको पोखराले चितवनले दिएको १६२ रनको चुनौती पछ्याउँदा ७४ रनमै समेटिएको थियो । त्यो पनि पोखराले १३.२ ओभरमा सबै विकेट गुमाएर धरासायी भएको थियो ।

उक्त खेलमा जवाफी ब्याटिङ सम्हालेका कुशलले चितवनविरुद्ध खातासमेत खोल्न पाएनन् ।

ओपनर एवम् पोखराका कप्तान कुशलल पहिलै बलमै रनको खातै नखोली ‘रोयल डक’ भएर पवेलियन फर्किएन। उनलाई सोहल तानवीरले रवि बोपारमार्फत् क्याच आयट गराएका थिए ।

उक्त खेलको सुरुमै कप्तान एवम् भरोसा गरिएका ब्याटर आउट भएपछि पोखरा धरासायी भयो ।

त्यसपछि भएको अर्को खेलमा कुशल जनकपुर बोल्ट्सविरुद्ध तेस्रो क्रममा आए ।

तेस्रो क्रममा आउँदा पनि कुशलले उही नियति दोहोर्‍याए । पहिलो खेलमा जस्तै कुशल फ्लप भएका थिए । पोखरा एभेन्जर्स पनि जनकपुरसँग ७ विकेटको फराकिलो अन्तरले पराजित भयो ।

तेस्रो क्रममा आएका कुशलले जनकपुर बोल्ट्सविरुद्ध ६ बलमा ६ रनमात्रै बनाउन सके । मार्की खेलाडी एवम् टीमका भरोसायोग्य ब्याटर नचलेपछि पोखरा एभेन्जर्सका अरु ब्याटर पनि सुरुदेखि नै चल्न सकेनन् ।

तेस्रो खेलमा पोखराले लुम्बिनीविरुद्ध विकेट नै नगुमाई जित निकाल्यो । पोखराका दिनेश खरेल र एन्ड्रिज गौस जम्दा खरेलले ब्याटिङ गर्नै पाएनन् । गौस र खरेलले नै पोखरालाई जिताएका थिए ।

त्यसपछि मंगलबार भएको कर्णालीविरद्धो खेलमा पनि भुर्तेल फ्लप हुन पुगे। ओपनिङ राम्रो हुँदा पनि त्यसपछिका ब्याटर नटिक्दा पोखरा ध्वस्त भइसकेको छ ।

पोखरा ताजा अवस्थामा ८ विकेट गुमाउँदै ९७ रनको अवस्थामा छ । कुशलपछि आएका रायमन रेफरले २० रन जोडे । त्यसयता कुनै पनि ब्याटरले दोहोरो स्कोर गर्न सकेका छैनन् ।

ताजा अवस्थामा पोखरा १५ ओभर खेल्दै ८ विकेटको क्षतिमा ९७ रनमा खेलिरहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  २ : १२ बजे

जेनजीका नाममा सरकारी निकायमा आतङ्क, मूकदर्शक सरकार

काठमाडौं– पछिल्लो समय जेनजीका नाममा विभिन्न संवैधानिक तथा सरकारी कार्यालयका

एन्फाले शहीद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा तत्काल नगर्ने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ए डिभिजन

बसको ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा बसको ठक्करबाट घाइते भएका

‘हरिबहादुरको जुत्ता’का दर्शक भेट्न नेपालगञ्ज पुगे हरिवंश

काठमाडौं – कलाकार हरिवंश आचार्य दर्शकलाई भेट्न नेपालगञ्ज पुगेका छन्

भूमिहीनलाई जग्गा माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं – भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता हुनुपर्ने