तराई क्षेत्रमा बाक्लो हुस्सु, उडान प्रभावित | Khabarhub Khabarhub

तराई क्षेत्रमा बाक्लो हुस्सु, उडान प्रभावित


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ । विराटनगर विमानस्थल अहिलेसम्म बन्द छभने जनकपुर विमानस्थल भर्खरै खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार तराई क्षेत्रका अधिकांश विमानस्थलको उडान प्रभावित भएको छ । केही विमानस्थलको उडान नै स्थगित गर्नुपरेको छभने कतिपय विमानस्थल ढिलो खुलेकाले उडान तालिका प्रभावित भएको छ ।

भद्रपुर, भरतपुर, पोखरा भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल अपराह्नपख मात्र खुलेका हुन् । प्रतिकूल मौसमका कारण विराटनगर विमानस्थलमा सोमबार पनि कुनै उडान हुन सकेनन् ।

‘बाक्लो हुस्सुले भिजिबिलिटी कमजोर हुँदा तराई क्षेत्रका विमानस्थलहरूमा उडान प्रभावित भएको छ’, प्रवक्ता शेर्पाले भने। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने आन्तरिक र बाह्य उडान नियमित रूपमा सञ्चालन भइरहेका छन् ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम  सफा रहेको जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ३ : ४० बजे

वैतेश्वरका भूमिहीन सुकुम्वासीलाई निस्सा वितरण 

दोलखा– जिल्ला भूमि समस्या आयोग दोलखाले बुधबार वैतेश्वर गाउँपालिका भित्रका

सोमालियाको राजधानी मोगादिशुमा अफ्रिकी संघको हेलिकोप्टर दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी – सोमालियाको राजधानी मोगादिशुमा बुधबार बिहान भएको एक हेलिकोप्टर

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

काठमाडौं– राष्ट्रियसभाको बैठकले विनियोजन विधेयक २०८२ बहुमतले पारित गरेको छ

भन्सार विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौं – भन्सार विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ ।

राजेन्द्र लिङ्देन भन्छन्-  हामी अहिले पनि आन्दोलनको तयारीमै छौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू अहिले पनि