राजेन्द्र लिङ्देन भन्छन्-  हामी अहिले पनि आन्दोलनको तयारीमै छौँ « Khabarhub

राजेन्द्र लिङ्देन भन्छन्-  हामी अहिले पनि आन्दोलनको तयारीमै छौँ


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू अहिले पनि आन्दोलनको तयारीमा नै रहेको बताएका छन् । 

राप्रपाले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तसंवाद कार्यक्रममा देशमा यथास्थितिको अन्त्य गरेर एउटा नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि नयाँ चरणको आन्दोलनको तयारीमा रहेको बताएका हुन् ।

उनले ठिक तरिकाले संगठन निर्माण गर्न नसक्दा र आम जनतालाई ठिक तरिकाले बुझाउन नसक्दा यसअघिको आन्दोलनलाई प्रभावकारी र परिणाममुखी बनाउन नसकेको बताए । पार्टीले गर्ने संगठनको सबै क्रियाकलापहरू आन्दोलनको तयारीको रूपमा नै बुझ्न उनले आग्रह गरे ।

त्यस्तै अध्यक्ष लिङ्देनले देशमा भ्रष्टाचार व्याप्त भएकाले सवैमाथि छानबिन गरेर दण्डित गर्नुपर्नेमा जोड दिए । नेताले नियुक्ति गरेका मान्छेहरूले नेतालाई कारबाही गर्न नसक्ने भएकाले अहिलेको समस्या व्यवस्थामा रहेको लिङ्देनले धारणा राखे । 

उनले बिचौलियाले तय गरे अनुसार कानून बन्ने र नियुक्त हुने देखिएकाले नेता मात्रै फेरेर मुलुकको अवस्थामा कुनै परिवर्तन नहुने जिकिर गरे । 

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ५ : ३५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन