भारतसँग भएको विद्युत् निर्यात गर्ने सहमति मुलुकको हितमा : ऊर्जामन्त्री « Khabarhub

भारतसँग भएको विद्युत् निर्यात गर्ने सहमति मुलुकको हितमा : ऊर्जामन्त्री


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमति भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले भारतसँग भएको यो सहमति मुलुकको हितमा रहेको बताएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा मन्त्री बस्नेतले भारतसँग भएको सहमति मुलुकको हितमा रहेको र विद्युत् निर्यातको अन्य विषय छलफलमा रहेको जानकारी दिए। उनले १० वर्षमा १० हजार भन्दा बढि मेगावाट उत्पादन गर्ने योजनाका साथ नै सम्झौता भएको जिकिर गरे । 

मन्त्री बस्नेतले आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजना नै तयार भएको धारणा राखे । १५ महिनामा एक हजार मेगावाट विद्युत् उत्पादन गर्न सफल भएको अवस्थामा १२ वर्षमा २८ हजार मेगावाट उत्पादन सम्भव रहेको उनले बताए । मन्त्री बस्नेतले अहिले पिक आवरमा २ हजार मेगावाट आन्तरिक खपत रहेको र १० वर्षमा १५ हजार मेगावाट दैनिक आन्तरिक खपतमा पुराउने दावी गरे ।

मन्त्री बस्नेतले विधुत उत्पादनसंगै ट्रान्समिटरलाईन, सवस्टेशन लगाएत पूर्वाधारका काम पनि संगसंगै अघि बढाउने बताए । 

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ४ : १४ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा