भारतसँग भएको विद्युत् निर्यात गर्ने सहमति मुलुकको हितमा : ऊर्जामन्त्री « Khabarhub

भारतसँग भएको विद्युत् निर्यात गर्ने सहमति मुलुकको हितमा : ऊर्जामन्त्री


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमति भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले भारतसँग भएको यो सहमति मुलुकको हितमा रहेको बताएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा मन्त्री बस्नेतले भारतसँग भएको सहमति मुलुकको हितमा रहेको र विद्युत् निर्यातको अन्य विषय छलफलमा रहेको जानकारी दिए। उनले १० वर्षमा १० हजार भन्दा बढि मेगावाट उत्पादन गर्ने योजनाका साथ नै सम्झौता भएको जिकिर गरे । 

मन्त्री बस्नेतले आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजना नै तयार भएको धारणा राखे । १५ महिनामा एक हजार मेगावाट विद्युत् उत्पादन गर्न सफल भएको अवस्थामा १२ वर्षमा २८ हजार मेगावाट उत्पादन सम्भव रहेको उनले बताए । मन्त्री बस्नेतले अहिले पिक आवरमा २ हजार मेगावाट आन्तरिक खपत रहेको र १० वर्षमा १५ हजार मेगावाट दैनिक आन्तरिक खपतमा पुराउने दावी गरे ।

मन्त्री बस्नेतले विधुत उत्पादनसंगै ट्रान्समिटरलाईन, सवस्टेशन लगाएत पूर्वाधारका काम पनि संगसंगै अघि बढाउने बताए । 

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ४ : १४ बजे

बालेनको सम्बोधनमा कांग्रेसले भेट्टायो त्रुटि, प्रवक्ताले भने ‘क्षतिको मूल्याङ्कन मिलेन’

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार संयुक्त राष्ट्रसंघको ८१औँ सभामा गरेको

कोरलानाका क्षेत्रमा हिमपात

मुस्ताङ– समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन

मुपात्र अर्थात् कहीँ नभएको भक्तपुरको जात्रा

ख्वप (भक्तपुर)- नेपालीमा एउटा भनाइ छ, कहीँ नभएको जात्रा हाडीगाउँमा

कान्ति लोकपथपको पहिरो हटाइयो

काठमाडौं– लगातारको वर्षासँगै कान्ति लोकपथमा आएको पहिरो हटाइएको छ। पूर्वाधार

इन्द्रजात्रा : राष्ट्रपतिसहित विशिष्ट व्यक्तिहरू छाता ओढेर पुगे वसन्तपुर

काठमाडौं– काठमाडौंमा आज इन्द्रजात्राको मुख्य दिनका अवसरमा वसन्तपुर दरबार क्षेत्रमा