राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशीले बदल्छ : मुख्यमन्त्री कार्की | Khabarhub Khabarhub

राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशीले बदल्छ : मुख्यमन्त्री कार्की


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मुख्यमन्त्री केदार कार्कीले राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशी प्रदेशबाटै परिवर्तन गर्ने बताएका छन् । 

अग्रसेन भवन बिर्तामोड, झापाले बिहीबार आयोजना गरेको श्याम बाबा मन्दिरमा प्राण प्रतिष्ठाका लागि भारतको खाटु श्याम बाबाबाट दिव्य शिश र अखण्ड ज्योति ल्याउने समूहको बिदाइ कार्यक्रममा मुख्यमन्त्री कार्कीले व्यापारी सरकारको साझेदार नभई अंग भएको बताएका हुन् ।

 मुख्यमन्त्री कार्कीले विदेशमा महँगो मूल्यमा श्रम बेच्ने श्रमिकमाथि अ‍ौँलो उठाउने र अवहेलना गर्ने काम भइरहेको प्रति आपत्ति जनाएका थिए । नेताहरूले भोटको राजनीतिमा लागेर श्रमिकलाई अपमान गर्ने भाषण तत्काल बन्द गर्नुको विकल्प नभएको मुख्यमन्त्री कार्कीको भनाइ थियो । जसले जहाँ बढी मूल्य पाउँछ त्यहाँ गएर श्रम बेच्ने उहाँहरूको अधिकार भएको सबैले बुझ्नु आवश्यक रहेको उनले बताएका हुन् । 

युवा जनशक्ति पलायन भयो, उत्पादनमा ह्रास भयो भन्नेहरूले धान उत्पादन बढेको  नहेर्ने नेताहरूबाट समाजिक परिवर्तन नहुने सबैले बुझ्नु आवश्यक रहेको मुख्यमन्त्री कार्कीले बताएका हुन् । भक्तहरूको समर्पण भएको ठाउँमा भगवानको वास भएको बुझने समाजमा श्रमप्रति समर्पित श्रमिकको भावनालाई अपमानित हुँदा भगवानको अपमान भएको बुझ्नु आवश्यक रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ५ : ४८ बजे

पाकिस्तानको बलुचिस्तानमा हैजाको प्रकोप

काठमाडौँ– पाकिस्तानको बलुचिस्तानमा हैजाको प्रकोप देखिएको छ । बलोचिस्तानको दिर

मंगोलिया र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास सम्पन्न

काठमाडौँ– मंगोलिया र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको

अजुई हाङ राईले चुमे पहिलो ‘शेफ नेपाल’को उपाधि

काठमाडौं- नेपालको पहिलो फुड रियालिटी शो ‘शेफ नेपाल’को उपाधि अजुई

भारत जोडिएको प्रश्नमा ओलीको जवाफ : चुच्चे नक्सादेखि कोशी उच्च बाँधसम्म

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार प्रतिनिधिसभामा केही सांसदले चुच्चे

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं- सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा