श्रमिकको हितप्रति मन्त्रालय प्रतिबद्ध : मन्त्री भण्डारी « Khabarhub

श्रमिकको हितप्रति मन्त्रालय प्रतिबद्ध : मन्त्री भण्डारी


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रमिकको हितप्रति मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । 

प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा ‘श्रमिकको हित विपरीत हुनेगरि श्रम मन्त्रालयले गरेका निर्णयसम्बन्धमा नीतिगत छलफलमा’ मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानुपूर्व अभिमुखीकरण तालिम, अङ्ग्रेजी भाषा तथा पोस्टपेड सिम अनिवार्यलगायत मन्त्रालयका निर्णय श्रमिकको हितप्रति रहेकामा स्पष्ट पारे । 

मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले शिक्षित, सीपयुक्त श्रमिक नभएकाले उनीहरूले विदेशमा झेल्नुपरेका समस्या समाधान गर्न मन्त्रालयले श्रमिकको हितका साथै सहजताका लागि निर्णय गरेको जानकारी दिए । 

स्वास्थ्यपरीक्षण नगरी प्रमाणपत्र दिलाउने एघार स्वास्थ्य संस्थालाई मन्त्रालयले प्रतिबन्ध गरेको जानकारी दिँदै उनले प्रारम्भिक भाषा तथा अभिमुखीकरण तालिममा हुने गरेको अनियमितताप्रति मन्त्रालय सजग रहेको र अनुगमन गरी प्रतिबन्ध गरेको बताए। 

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ७ : ३५ बजे

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि

एकैदिन छापियो ५ हजारभन्दा बढी ई-पासपोर्ट

काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) उत्पादन क्षमतामा उल्लेख्य

भाषाविद् डा. विमलको राजकीय सम्मानका साथ अन्त्येष्टि

जनकपुरधाम – साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

पोखरामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

पोखरा- पोखरामा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपाल ‘प्याक्स सिलिका’मा सहभागी भएको हो कि होइन सरकारले प्रस्ट पारोस् : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री