श्रमिकको हितप्रति मन्त्रालय प्रतिबद्ध : मन्त्री भण्डारी « Khabarhub

श्रमिकको हितप्रति मन्त्रालय प्रतिबद्ध : मन्त्री भण्डारी


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रमिकको हितप्रति मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । 

प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा ‘श्रमिकको हित विपरीत हुनेगरि श्रम मन्त्रालयले गरेका निर्णयसम्बन्धमा नीतिगत छलफलमा’ मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानुपूर्व अभिमुखीकरण तालिम, अङ्ग्रेजी भाषा तथा पोस्टपेड सिम अनिवार्यलगायत मन्त्रालयका निर्णय श्रमिकको हितप्रति रहेकामा स्पष्ट पारे । 

मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले शिक्षित, सीपयुक्त श्रमिक नभएकाले उनीहरूले विदेशमा झेल्नुपरेका समस्या समाधान गर्न मन्त्रालयले श्रमिकको हितका साथै सहजताका लागि निर्णय गरेको जानकारी दिए । 

स्वास्थ्यपरीक्षण नगरी प्रमाणपत्र दिलाउने एघार स्वास्थ्य संस्थालाई मन्त्रालयले प्रतिबन्ध गरेको जानकारी दिँदै उनले प्रारम्भिक भाषा तथा अभिमुखीकरण तालिममा हुने गरेको अनियमितताप्रति मन्त्रालय सजग रहेको र अनुगमन गरी प्रतिबन्ध गरेको बताए। 

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ७ : ३५ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले