यू-१९ विश्वकप : आज भारत र अस्ट्रेलियाको फाइनल भिडन्त « Khabarhub

यू-१९ विश्वकप : आज भारत र अस्ट्रेलियाको फाइनल भिडन्त


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपको फाइनलमा आज भारत र अस्ट्रेलियाले फाइनल खेल्दैछन्। भारत आयोजक राष्ट्र दक्षिण अफ्रिकालाई सेमिफाइनलमा पराजित गर्दै फाइनल पुगेको हो भने पाकिस्तानलाई पराजित गर्दै अस्ट्रेलियाले दोस्रो सेमिफाइनलबाट विश्वकपको फाइनल यात्रा तय गरेको हो।

भारत र अस्ट्रेलियाको हेड टु हेड
अहिलेसम्म यू-१९ मा भारतले अस्ट्रेलियालाई जितको लागि एउटा पनि मौका दिएको छैन। चार पटक भएको भेटमा सबै जित भारतले नै निकालेको छ। २०१८ मा भएको यू-१९ विश्वकपको समूह चरणको खेलमा अस्ट्रेलियामाथि भारत १०० रनले विजयी भएको थियो।

भारत र अस्ट्रेलियाको दोस्रो भेट २०१८ कै फेब्रुअरीमा यू-१९ विश्वपको फाइनलमा भयो। जहाँ भारत आठ विकेटले विजयी भयो। भारत र अस्ट्रेलियाको तेस्रो भेट भने २०२० को यू-१९ विश्वकपमै भयो। क्वाटर फाइनल खेलमा भारतले अस्ट्रेलियामाथि ७४ रनको जित निकालेको थियो। त्यसपछि भारत र अस्ट्रेलियाको अर्को भेट सन् २०२२ को विश्वकपकै सेमिफाइनलमा भयो। जहाँ अस्ट्रेलिया ९६ रनले पराजित भयो।

पाँचौ भेटलाई सुखद् बनाउने तयारीमा अस्ट्रेलिया छ। भारत भने अस्ट्रेलियामाथिको दबाबलाई निरन्तरता दिँदै विश्वकप जित्ने दाउमा छ। रोचक त के छ भने ओडिआई विश्वकपको फाइनलमा समेत भारत र अस्ट्रेलियाले खेलेका थिए।

दोस्रो सेमिफाइनल

माघ २५ गते भएको दोस्रो सेमिफाइनलमा पकिस्तानले दिएको एक सय ८० रनको लक्ष्य अष्ट्रेलियाले ४९.१ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो। अष्ट्रेलियाको जितमा ह्यारी डिक्सनले ५० रन बनाएका थिए। ओलीभर पिएक ४९ र टोम क्याम्पबेलले २५ रन बनाए। पाकिस्तानका अलि राजाले ४ तथा अरफत मिन्साहले २ विकेट लिएका थिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ४८.५ ओभरमा १७९ रन बनाएको थियो। पाकिस्तानका लागि अरफत मिन्हासले सर्वाधिक ५२ र आजन आवैस ५२ रन जोडेका थिए।

पहिलो सेमिफाइनल

पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई दुई विकेटले हराउँदै भारत फाइनलमा पुगेको हो। दक्षिण अफ्रिकाले दिएको २४४ रनको लक्ष्य भारतले ४८.५ ओभरमा आठ विकेट गुमाएर पूरा गरेको थियो।

भारतका लागि सचिन धसले सर्वाधिक ९६ रन र कप्तान उदय सहारनले ८१ रन बनाएका थिए। उक्त स्पर्धामा दक्षिण अफ्रिकाका क्वेना माफाका तथा ट्रिस्टन लुस ३-३ विकेट लिएका थिए।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ६ : ०९ बजे

दुई तिहाइको रास्वपा सरकार र बालेनको काँधमा स्वास्थ्य सुधारको भार

काठमाडौँ – प्रतिनिधि सभा निर्वाचन २०८२ को नतिजा सार्वजनिक भएसँगै

पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौँ– परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर