२५ सय गाडी भाडामा साटियो न्याय, पीडितको चित्कार– जीउधनको सुरक्षा कसले गर्छ ? | Khabarhub Khabarhub

२५ सय गाडी भाडामा साटियो न्याय, पीडितको चित्कार– जीउधनको सुरक्षा कसले गर्छ ?



जबरजस्ती करणीको प्रयासमा जेल परेका पीडक धरौटीमा छुटेपछि यतिबेला पीडित महिलाले असुरक्षित भएको भन्दै आफ्नो सुरक्षाको लागि आह्वान गरेकी छन् । शिवपुरी –१ नुवाकोटकी (नुवाकोट–४२) ले पीडक जेलबाट छुटेपछि आफ्नो घरमा बस्न नसकेर आफन्तको शरण लिएर लुकेर बस्न बाध्य भएको बताएकी छन् ।

उनी भन्छिन्, ‘यो कुरा गाउँमै मिलाएको भए हुन्थ्यो किन प्रहरी चौकीसम्म पुगिस् भनेर पीडकको रिस रहेछ । उसले रिसीबी साँधेर हिँडेको छ । भोलि फेरि जबरजस्ती गर्‍यो, ज्यान तलमाथि भयो भने के गर्ने ?’

उनले खबरहबसँग भनिन्, ‘घर पनि एकान्तमा छ । छिमेकीहरु पनि तिम्रो जिम्मेवारी बस्न सक्दैन भनेर भनेका छन् । कसको भरोसा घरमा बसौँ ?

घटना के थियो ?

नुवाकोट –४२ चार सन्तानकी आमा हुन् । उमेरले ४२ वर्ष पुगिन् । उनका केही सन्तान काठमाडौंमा घरेलु कामदारका रुपमा बसेका छन् । घरमा उनी र ११ वर्षकी कान्छी छोरी मात्रै छन् । श्रीमान् गाडी चालक थिए । केही वर्ष अगाडि श्रीमान्ले चलाएको गाडीले मान्छे हानेपछि उनी बन्दी जीवन बिताइरहेका छन् ।

श्रीमान् जेलमा गएपछि उनले मेलापात गरेर आफ्नो गुजारा चलाउँदै आएकी छन् । उनले लेखपढ पनि गरेकी छैनन् । समाजमा एक्लो महिलालाई बाँच्न कति कठिन छ भन्ने कुरा नुवाकोट –४२ ले भोग्नुपरेको पीडाले बताउँछ ।

घरमा श्रीमान् नभएको मौका छोपी उक्त गाउँकै कृष्ण फुयाँल (वर्ष–३३) ले उनलाई बारम्बार जबरजस्ती करणीको प्रयास गर्दै आएका थिए । मेलापात जाँदा फुयाँलले उनको पीछा गरी जबरजस्ती गर्ने प्रयास गर्दै आए ।

गएको जेठमा उनी अर्काको मेला धानको बीउ काढ्न गएकी थिइन् । उ पनि पानी लगाउने निहुँमा पुगेको रहेछ । साँझपख भैसकेको थियो । एक्लै देखेर उसले जबरजस्ती गर्ने प्रयास गर्‍यो । उनले प्रतिकार गरिन् । उक्त व्यक्तिलाई खेतमै गुल्ट्याइ दिइन । एक पटकलाई होस् भनेर उनले कतै हल्ला नगरी माफी गरिदिइन् ।

६ महिनापछि उनी मेलाबाट फर्किरहेकी थिइन् । छोटो दिन थियो । घर फर्किदा अबेर भएको थियो । त्यतिबेला पनि बाटोमै उक्त व्यक्तिले समाते । यसपटक पनि जसोतसो उनले आफूलाई जोगाउँदै घर पुगिन् । अब भने उनलाई त्यस व्यक्तिले आफूलाई गलत नजर हेरेको महसुस भयो । श्रीमान् घरमा नभएको फाइदा लिन खोजेको अनुमान गरिन् । उनले उक्त व्यक्तिसँग आफू सुरक्षित नभएको निष्कर्ष निकालिन । तर छरछिमेक भएकाले उक्त दुव्र्यहारबारे कसैलाई बताउन सकिनन् ।

छिमेकीबाट जोगिएर हिँड्नुपर्ने अवस्था आएको थियो । एक्लै हिँड्न नसक्ने भएकी थिइन् । तर काममा नगई, नहिँडी घर चल्दैनथ्यो । लुक्दै र भाग्दै हिँडिरहेकी थिइन् । तर उक्त व्यक्ति जतिबेला पनि गौंडो ढुकेर बस्ने रहेछ । त्यही पात्रले तेस्रोपल्ट फेरि जबरजस्ती गर्‍यो ।

त्यसपछि मात्र उनलाई अब यहाँ भन्दा धेरै सहन नहुने लाग्यो । र दाजुभाइलाई सबै ईतिबृत्त सुनाइन् । दाजुभाइले उक्त व्यक्तिलाई कुटे पनि । पारिवारिक सरसल्लाहमा उनीहरू प्रहरी चौकी गएर उजुरी दिइन । पुस २ मा उक्त व्यक्ति थुनामा पर्‍यो । बल्ल उनले चयनको सास फेरिन् ।

पटक पटक त्यो मान्छेले त्यस्तो गरेपछि उनले जेलमा भएका श्रीमान्लाई सुनाएकी थिइन् । तर श्रीमान्ले उल्टै त्यसैसँग सल्किस भनेर शंका उपशंका बढाए । उनी मानसिक रुपमा समेत क्षतविक्षत छिन् ।

जेल जाने बेला उक्त व्यक्तिले ‘त्यो आइमाइलाई जानेको छु । छुटेपछि के गर्छु पख्’ जस्ता धम्की दिदैँ गएको गाउँलेले सुनाए । चुप लागेर बस्दा पनि असुरक्षित हुने खतरा बढ्दै गयो । जेल जाँदा पनि धम्की दिएर गएकाले उनलाई डरैडर रोपिएको थियो । मुखले जे भनेपनि उ जेलमा छ भन्ने कुराले ढुक्क बनाएको थियो ।

पुस २५ अनायास जिल्ला प्रहरी कार्यालयले बोलायो । उनी दाइलाइ लिएर गइन् । प्रहरीले उनलाई एक कोठाभित्र लिएर गएको उनी सुनाउँछिन् । भन्छिन्, ‘अरूलाई जान मिल्दैन भन्यो, म एक्लै गए । भित्र लगेपछि घर जान कति गाडी भाडा लाग्छ ? भनेर सोधेका थिए । उनले सीधा जवाफ दिइन्, ‘३३० लाग्छ ।

गाडी भाडा पाउँछ्यौ भनेर एक कागजमा हस्ताक्षर गर्न लगाए । अनपढ मान्छे चुप लागेर भनेको मानिन । उनीहरूले गाडी भाडा माथि (अदालत) ले दिन्छ भनेर पठाए । अदालतले २५ सय रुपैयाँ गाडी भाडा दिएको उनी सुनाउँछिन् ।

तर त्यही राती उक्त व्यक्ति छुटेछ । उनी त्यसरातदेखि आफ्नो घरमा बस्न सकिरहेकी छैनन् । ‘बोल्न नजानेर दुःख पाएँ’, उनले खबरहबसँग भनिन्, ‘उ जेलबाट निस्केपछि म आफ्नो घर बस्न सकेकी छैन । पारीपट्टी जेठानी दिदीको घरमा शरण लिएर बसेकी छु । अर्काको घरमा कति दिन बस्ने ? त्यो अपराधीले केही गर्छ कि भनेर घरभित्र लुकेर कति दिन बस्ने ?’

पीडितको सुरक्षाको लागि त्यो मान्छे जेलमा बस्नुपर्छ भन्ने उनको भनाइ छ । ‘मसँग धन सम्पत्ति छैन र म पनि बोल्न पनि सक्दिन । के हामी गरिबले न्याय पाउँदैन ? हाम्रो लागि कसैले बोल्दिँदैन ? भनेर उनले प्रश्न गर्छिन् ।

पीडकले घाँटी न्याकेको कारण उनलाई समस्या छ । उपचारको लागि उनीसँग पैसा छैन । त्यसको लागि पनि कसैले पहल नगरिदिएको उनको गुनासो छ ।

प्रहरीले गाडी भाडा दिएको छैन : प्रहरी प्रमुख थापा

नुवाकोट जिल्ला प्रहरी प्रमुख सञ्जयसिंह थापाले पीडितलाई गाडी भाडा नदिएको बताएका छन् । पीडित र साक्षी संरक्षण गर्नेको लागि समेत सरकारले दिने सहायता उपलब्ध गराइएको हो । उनले भने ‘पीडितले कुरा बुझ्नु भएन होला तर प्रहरीले गाडी भाडा दिने भन्ने कुरै हुँदैन । ’

अपराध पीडित संरक्षण ऐन २०७५ को धारा ३१ मा क्षतिपूर्तिको रकम निर्धारण गर्दा लिइने आधारहरूमध्ये औषधोपचार खर्च, चिकित्सकीय तथा परामर्श खर्च । अप्रत्याशित यातायात खर्च भन्ने हुन्छ । त्यसकै आधारमा अदालतले गाडी भाडा उपलब्ध गराएको थापाले बताए ।

‘अनुसन्धान प्रक्रियामा गएर जबरजस्ती करणी प्रयास भएको प्रमाण अदालतमा बुझाएका हौ, उनले भने ‘जिल्ला अदालतले ४० हजार धरौटीमा छुटाएको हो ।’ उनीहरूको मुद्दा चलिरहेको छ । उक्त व्यक्ति थुनछेकमा छुटेको हो । अदालतको कुरामा प्रहरीले केही पनि नबोल्ने उनले बताए ।

वकपत्रमा असुरक्षित भएको भन्न पाइन्छ : अधिवक्ता

अधिवक्ता विकास गिरीले पीडितले आफूलाई असुरक्षित भएको वकपत्रमा राख्न पाइने बताएका छन् । उनी भन्छन्, ‘धरौटीमा छुटेको पीडकबाट आफू असुरक्षित छु भन्न पाइन्छ ।’ पीडितलाई सुरक्षाको अनुभूति हुनुपर्छ भनेर कानुनले व्याख्या गरेको छ ।

तर फौजदारी अपराधमा पनि धरौटीमा छुट्ने व्यवस्थाले कानुनको खिल्ली उडाएको उनी बताउँछन् । भन्छन्, ‘पीडितले असुरक्षित महसुस गरे, उसलाई सुरक्षा दिने कसले हो ? सुरक्षा दिने काम प्रहरीको हो । तर उसले अदालतको निर्णय भनेर चुप लाग्छ ।’

धरौटीमा छुटेको पीडक देखेर पीडितको हालत के हुन्छ ? उसको सुरक्षा कसले गर्छ ? अदालतको कुरा प्रहरीले हस्तक्षेप गर्ने पनि भएन । वकपत्रमा पीडितले आफू असुरक्षित भएको भन्न पाइने व्यवस्था रहेको छ । उक्त व्यवस्थाको उपयोग गर्न उनी पीडितलाई सुझाव दिन्छन् ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  १ : १२ बजे

आन्दोलन शान्तिपूर्ण हुन्छ, भड्काउने काम नगर्नुहोस् : कमल थापा

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ बाट

आदमपुर एअरबेस पुगेर मोदीले भने– आतंककारीलाई घरमै घुसेर मार्नेछौँ, कतै भाग्न दिनेछैनौँ

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक्कासी पञ्जाब राज्यको आदमपुर एअरबेस

प्रधानमन्त्रीद्वारा उच्चस्तरको फिल्म स्टुडियो शिलान्यास

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण

पहिलेबाटै बेलायत बस्थिन् गीता, प्रतिनिधि सभामा उठेका पति कैलाश पनि जनमतबाट जसपातिर

काठमाडौं- डा. सीके राउत नेतृत्वको जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य

चन्दा उठाएर बन्न नसकेको आर्यघाट अब प्रदेश सरकार बनाउने

सुर्खेत– सुर्खेतको भेरी नदी छेउमा स्मार्ट आर्यघाट बनाउने योजना बजेट