माओवादी बैठक : ‘उपत्यकामा माओवादीको सिद्धान्त बुझाउन सकिएन’ | Khabarhub Khabarhub

माओवादी बैठक : ‘उपत्यकामा माओवादीको सिद्धान्त बुझाउन सकिएन’

अग्रजलाई सम्मान, नयाँलाई अवसरको आवाज



काठमाडौं- नेकपा माओवादीको नेतृत्व विलासी हुँदै गएकोमा नेताहरुले आपत्ति जनाएका छन् । उनीहरुले लेबी नबुझाउनेदेखि वैचारिक अस्पष्टताका कारण उपत्यकाबासीलाई पार्टीको सिद्धान्त बुझाउन नसकिएको मात्र होइन, नेताहरुको जीवनशैलीको बाछिटाले कार्यकर्ता पंक्ति जाँडरक्सीसँगै जुवातासमा रमाएकोसम्मका टिकाटिप्पणी भए ।

विधान सम्मेलनअघि पार्टीलाई कस्तो बनाउने भन्नेबारे जनतासँग छलफल गरेको थियो । माओवादीले भदौ १७ देखि मंसिर १७ गतेसम्म जनतासँग माओवादी विशेष रूपान्तरण अभियान चलाएको थियो ।

आज पहिलो दिनको बैठमा १० वटा प्रदेश समितिका अध्यक्ष र इन्जार्चले माओवादी विशेष रूपान्तरण अभियान र प्रदेशको बारेमा रिपोटिङ गरेका थिए ।

पहिलो दिनको केन्द्रीय समिति बैठकमा अधिकांश नेताहरुले पार्टी सच्चिनुपर्ने र जनमैत्री हुनुपर्नेमा जोड नेतृत्वलाई भूइँफुट्टा नहुन सुझाव दिए । कर्णाली प्रदेश इन्चार्ज मातृकाप्रसाद यावदले लेबी शुल्क नबुझाउने समस्या तराई मधेसमा मात्रै नभएर कर्णालीमा पनि व्यापक भएको बताए ।

उनले कर्णाली प्रदेशमा रहेका नेता र कार्यकर्ता व्यवस्थापन गर्नुपर्ने भन्दै अहिले नेता कार्यकर्ता जाँडरक्सी र जुवामा रमाएको टिप्पणी गरे । बैठकमा उपस्थित एक नेताका अनुसार उनले विशेष गरी मधेश र कर्णालीमा नेतृत्वको ध्यान जानुपर्ने बताए ।

पार्टीका बागमती इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले पार्टी नेत्तृत्वसहरबासी र मध्यम वर्गसँग जोडिनुपर्ने विषयलाई जोडतोडसाथ उठाएका थिए ।

उपमहासचिव समेत रहेका शर्माले २०६४ मा आएको बहुमतलाई पार्टी कदर गर्न नसक्दा हाल जनताको निरासा र उपेक्षा भोग्नु परेकोले माओवादीको तीन महिने पान्तरण अभियानमा माओवादीप्रति निरासा नै निरासा देखिएको रिपोर्टिङ गरेका थिए ।

नेता शर्माले २०७९ को निर्वाचनमा उपत्यकामा माओवादी भिज्न नसकेको कारण पनि उपत्यकाभित्र अझै पनि माओवादीको सिद्धान्त बुझाउन नसकिएको तर्क गरे ।

प्रवास प्रदेश इन्चार्ज राम कार्कीले कम्तिमा माओवादीसँग जोडिएका शहीद र बेपत्ता परिवारले मात्र माओवादी दल राम्रो छ भनिदिए मात्र पनि सुदृढ भएर जाने धारणा राखे । कार्कीले नयाँ पुस्ता राजनीतिमा आउनुपर्ने बताउँदै माओवादी सरकारमा भएपनि शहीद र वेपत्ता परिवारका लागि उचित सम्मान र पुनर्स्थापना गर्न नसक्दा नेतृत्वप्रति जनताको चरम निरासा बढेको बताएका थिए ।

सम्पर्क समन्वय प्रदेशका इन्चार्ज गिरिराजमणि पोखरेलले तीन महिने अभियानले संगठन सुदृढ भएको दाबी गर्दै अझै यो अभियान जनतामाझ व्यापक रुपमा लैजानुपर्ने आवश्यकता औंल्याएको बैठकमा उपस्थित एक नेताको भनाइ छ ।

उपत्यका विशेष प्रदेश समितिका इन्चार्ज वर्षमान पुनले विशेषलाई बागमती विशेष प्रदेशमा विकास गर्नुपर्ने बताउँदै तीनमहिने अभियानले निष्क्रिय पार्टीमा प्राण भरेको विश्लेषण गरे । केन्द्रीय सदस्य तथा सांसद माधव सापकोटाले जनताको आसा र भरोसा माओवादीमा रहेको बताउँदै पार्टीलाई अझ सुदृढ र सशक्त बनाउन जनसरोकारका विषयलाई लिएर जनतामाझ जानुपर्ने सन्दर्भ उठेको बताए ।

पार्टीका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले शहीद, बेपत्ता परिवार र पार्टी कार्यकर्ता व्यवस्थापन गर्न नसक्दा पार्टीमा क्षति पुगेकाले उनीहरुको समन्वय मिलाउन पार्टीले उचित कदम चाल्नुपर्ने बताए । अध्यक्ष नेम्बाङले खबरहबसँग भने, ‘यो कोशी प्रदेशको मात्र नभई सबै प्रदेशको समस्या हो । जति पनि हिजो आन्दोलनमा सहभागी भएका थिए, एकमुष्ट एजेण्डा हो । समस्याको चाङ लागेको छ । शहिद परिवारको समस्याले सामाजिक वहिष्करणको समस्या पनि देखिएको छ । मोरङको लेटाङमा मेयरले नै शहीदको नाममा बनाइएको स्मृति पार्क र शहीदको सालिक भत्काउने काम भएको छ । राष्ट्रले शहीदलाई दिनुपर्ने सम्मान दिएको छैन ।’

उनले थपे– ‘कतिपय निर्णयमा माथिल्लो नेतृत्व हाबी हुने गरेको छ । माथिबाटै गुटगत राजनीतिमा केन्द्रित हुँदा पार्टी बिग्रिएको रिपोटिङ केन्द्रिय समिति बैठकमा उठेको छ ।’

पार्टीमा युवालाई परिचालन गर्नुपर्ने र युवा पुस्ताको उपस्थिति व्यापक हुनुपर्ने आवाज सबै प्रदेश समितिका इन्चार्ज र अध्यक्षहरूले उठाएको केन्द्रीय सदस्य रञ्जित तामाङले बताए ।

उनले भने, ‘रूपान्तरण अभियानमा पनि युवा परिचालन गर्नुपर्ने कुराले विशेष महत्व राखेको छ । युवाप्रति मानिस र जनताको भरोसा हुनाले पनि युवालाई पार्टीले संरक्षण गर्नुपर्ने आवाज छ । हरेक कमिटी र तहमा युवा सहभागिता हुनुपर्ने कुरा छ । जागरण अभियानमा उत्साहजनक सहभागिता हुनुपर्ने एजेण्डा छ ।’

नेतृ सीता थेबेले भनिन् ‘हामीसँग जोडिएका युवालाई व्यापक रूपमा परिचालन गर्ने कुरा उठेको छ । पुराना पुस्ताको अनुभव लिएर युवाले काम गर्नुपर्ने विषयले प्राथमिकता पाएको छ ।’

पार्टीलाई विधि र पद्धतिमा चलाउन नसकेकाले समस्या आएको भन्दै बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले रूपान्तरण अभियान प्रभावकारी हुने सन्दर्भमा अभियानका लागि पार्टीले बन्दोबस्त मिलाउन नसकेको समेत बताएका थिए ।

उनले नेतृत्वको कडा आलोचना समेत गरेको बैठकमा सहभागि एक नेताले खबरहबलाई बताए । बैठकमा ४०९ केन्द्रीय सदस्य सहभागी छन् । बैठकमा अनुशासन समिति, केन्द्रीय लेखापरीक्षण समिति, केन्द्रीय निर्वाचन समिति र अन्य गरी करिब ९ सय हाराहारीमा सहभागीहरू छन् ।

केन्द्रीय समिति बैठक आइतबार र सोमबार दुई दिन बस्नेछ। यसले माओवादी पार्टीले विधान सम्मेलनका लागि प्रस्ताव तयार पार्ने काम गरिरहेको छ । माओवादीले फागुन १, २ र ३ गते विधान सम्मेलन गर्ने भएको छ । पार्टीले शुक्रबार र शनिबार स्थायी समिति बैठक समेत राखेको थियो ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ७ : ०३ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः