आज २०८० साल फागुन २८ गते सोमबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल फागुन २८ गते सोमबारको राशिफल


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल फागुन २८ गते सोमबार तदनुसार सन् २०२४ मार्च ११ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : आजको दैनिकी राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। शिक्षामा गरेको लगानी राम्रो हुनेछ। आम्दानी भन्दा खर्च बढ्नेछ। खर्च बढी हुँदा परिवारमा खटपट हुनसक्छ। सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ।

वृष : समय राम्रो छ। नयाँ योजना बनेको भए सुरुवात गर्नु राम्रो हुन्छ। शिक्षाको लगानीले उत्साह दिनेछ। स्वदेशमै रोजगारीको अवसर मिल्नेछ। सामाजिक सम्मान प्राप्त हुनसक्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। भविष्य बनाउने समय आएको छ। समाज सेवा गर्ने मौका मिल्नेछ। आर्थिक उन्नति हुनेछ। स्वास्थमा सुधार हुने योग छ। आफन्तले खुट्टा तान्ने भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

कर्कट : दिन सामान्य छ। पुरानो रिस बोकेर हिड्नेसँग सचेत हुनु राम्रो हुन्छ। योजना अगाडि सुनाउँदै हिँडेमा काम बिग्रिने जोखिम हुन्छ। विदेशको लगानीबाट घर, घडेरी जोड्ने योग रहेको छ। परिवारसँगको सम्बन्ध सुखमय रहनेछ।

सिंह : आजको दैनिकी राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशको लगानीले मन खुशी हुनेछ। साथीसँगको संगत र खानपानमा ख्याल गर्नुपर्ने छ। परिवारको साथ मिल्नेछ।

कन्या : दिन राम्रो छ। कुनै काम गर्नुपर्ने भए परिवारको साथ लिएर गरेमा राम्रो हुनेछ। साथीको सहयोग निरन्तर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट प्रगति हुनेछ। शिक्ष क्षेत्रमा गरेको प्रयास सफल हुनेछ।

तुला : दैनिकी सामान्य छ। तपाईंको विषयमा भए नभएको चर्चा सुन्नुपर्ने दिन छ। सत्यको बाटो नभुल्नु राम्रो हुन्छ। आज ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दैनिकी राम्रो छ। श्रमबाट सन्तुष्टि मिल्नेछ। ठुलो काममा हात लगाए प्रगति हुने सम्भावना छ। योजना सार्वजनिक गर्नुभन्दा खुरुखुरु काम गर्नु फाइदा हुनेछ। परिवारको साथ र सहयोग निरन्तर मिल्नेछ।

धनु : दैनिकी राम्रो छ। कर्मको फल न्यायपुर्ण ढंगले प्राप्त हुनेछ। आफ्नो जीवनको बाटो बनाउने दिन हो। शत्रुसँग जोगिएर काम गर्नुपर्ने समय छ। परिवारमा खटपट हुनसक्ने जोखिम देखिन्छ।

मकर : दैनिकी राम्रो छ। कर्मक्षेत्रका पहिचान गर्नुपर्ने समय आएको छ। लगानीमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा सम्मान प्राप्त हुनेछ भने स्वास्थ्यमा लाभ हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन सामान्य छ। घमण्डले जोखिम निम्त्याउने भएकाले व्यवहार नरम भएर गर्नु राम्रो हुन्छ। बोल्दा तीन पटक सोचेर बोल्नु होला। आर्थिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा झन्झट भए पनि परिवारको साथ मिल्नेछ।

मीन : दैनिकी राम्रो छ। तपाईंसँग धेरै जना प्रभावित हुने योग छ। हरेक क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। परिवारमा खर्च बढ्ने दिन छ। खर्च गर्नुपर्ने ठाउँमा विचार पुर्याउनु राम्रो होला।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ५ : ११ बजे

प्रहरीले भन्यो- रविलाई दुर्व्यवहार भएको छैन, कार्यकर्ता र समर्थकले भ्रम छरे

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री रवि लामिछानका नेता कार्यकर्ता

जीवनलाई सहज बनाउन एआईको उपयोगमा प्रधानमन्त्रीको जोड 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई

चिनियाँ वैज्ञानिक विङडिङलाई पर्यटनमन्त्री पाण्डेको सम्मान

काठमाडौं-संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात

हतियार नचलाए पनि बिसाउन लगाउन जानेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ