रास्वपा केन्द्रीय समिति बैठक बस्दै, इलाम–२ को उपनिर्वाचनबारे छलफल हुने « Khabarhub

 रास्वपा केन्द्रीय समिति बैठक बस्दै, इलाम–२ को उपनिर्वाचनबारे छलफल हुने


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन तयारीबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

यस्तै, बैठकमा प्रदेशसभातर्फ बझाङ–१(१) मा हुने उपनिर्वाचनका विषयमा पनि छलफल हुनेछ । यसअघिको निर्वाचनमा प्रदेशसभामा उम्मेदवारी नदिएको रास्वपाले उपनिर्वाचनमा उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा पनि केन्द्रीय समितिमा छलफल गर्न लागेको हो ।

रास्वपाले इलाम–२ मा हुने उपचुनावका लागि यसअघि नै ६ जना सांसद पठाएर जनभावना बुझ्ने काम गरिसकेको छ । जसका लागि कमाण्डरका रुपमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई त्यसतर्फ पठाएको थियो ।

नेकपा एमालेका सांसद सुवास नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम–२ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि ती क्षेत्रमा उपनिर्वाचन हुन लागेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ८ : ४७ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले