पाकिस्तानमा ट्रक दुर्घटना, १७ जनाको मृत्यु, ३५ घाइते « Khabarhub

पाकिस्तानमा ट्रक दुर्घटना, १७ जनाको मृत्यु, ३५ घाइते


२९ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद–  पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएको स्थानीय उद्धार सेवाले बिहीबार पुष्टि गरेको छ ।

हब जिल्लाको गुलाम हुसेन चत्ता क्षेत्रमा धार्मिक तीर्थयात्रीहरू बोकेको ट्रक बुधबार राति दुर्घटनामा परेको उद्धार सेवाका स्थानीय प्रतिनिधि अब्दुल हकिमले जानकारी दिए। 

उच्च गतिका कारण चालकले गाडीको नियन्त्रण गुमाउँदा उक्त घटना भएको पनि हकिमले घाइतेको भनाई उद्धृत गर्दै बताए । 

दुर्घटनाको जानकारी पाएलगत्तै उद्धारकर्मीहरू घटना स्थलमा पुगी घाइतेहरूको उद्धार गरी  स्थानीय अस्पतालमा लगेका थिए । कतिपय गम्भीर घाइतेलाई थप उपचारका लागि दक्षिणी बन्दरगाह शहर कराँची लगिएको छ । 

तीर्थयात्री बोकेको ट्रक सिन्ध प्रान्तको थट्टा जिल्लाबाट बलुचिस्तानको खुजदार जिल्लातर्फ जाँदै थियो । 

सवारी साधनको मर्मतसम्भारमा लापरवाही, भत्किएका सडक र सडक सुरक्षामा लापरवाहीका कारण पाकिस्तानमा बर्सेनि ठूलो सङ्ख्यामा सवारी दुर्घटना हुने गरेका छन् । 

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  १२ : ३६ बजे

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का