रुसले युक्रेनमा रातभर ४० क्षेप्यास्त्र र ४० ड्रोन प्रहार गर्‍यो : जेलेन्स्की « Khabarhub

रुसले युक्रेनमा रातभर ४० क्षेप्यास्त्र र ४० ड्रोन प्रहार गर्‍यो : जेलेन्स्की


२९ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

किभ– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार राति रुसले ‘महत्वपूर्ण पूर्वाधार’ लाई लक्षित गर्दै युक्रेनमा ४० भन्दा बढी क्षेप्यास्त्र र ४० वटा ड्रोन प्रहार गरेको बताएका छन् ।  

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल एक्स मार्फत रुसी हमलाका बारेमा जानकारी दिँदै केही क्षेप्यास्त्र र ड्रोनलाई युक्रेनी प्रतिरक्षा फौजले सफलतापूर्वक खसालिदिएको बताएका छन् ।

रुसले युक्रेनका विद्युत, सञ्चार, रेल्वे समेतका महत्वपूर्ण पूर्वाधारलाई लक्षित गरेकामा उनले असन्तुष्टि व्यक्त गरे  । यी आक्रमणबाट कुनै पनि व्यक्ति हताहत नभएको पनि युक्रेनको भनाई छ ।

रुसले राजधानी शहर किभ, जापोरिझिया र ओडेसाका साथै पोल्यान्डसँग सीमा जोडिएको लभिभ शहरलाई पनि लक्षित गरी आक्रमण गरेको छ । 

राष्ट्रपति जेलेन्स्कीले युक्रेनको दोस्रो ठूलो शहर खार्किब र त्यस वरपरको क्षेत्रमा पनि क्षेप्यास्त्रहरुबाट आक्रमण गरेको बताएका छन् । यस शहरलाई केन्द्रित गरेर पछिल्ला दिनहरूमा रुसले निरन्तर आक्रमण गरिरहेको छ । युक्रेनका गृहमन्त्री आइगोर क्लिमेन्कोले देशका विभिन्न भागमा सयौँ उद्धारकर्मीहरू परिचालन गरिएको जानकारी दिए । 

यसैबीच, रुसले पनि रुसका विभिन्न शहरलाई लक्षित गरी प्रहार गरिएका १२ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । युक्रेनले पनि रुसका विभिन्न भागमा ड्रोन मार्फत् केही महिनादेखि लगातार हमला गरिरहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  १ : २३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको