गाउँपालिकाद्वारा आयोडिनयुक्त नुन वितरण « Khabarhub

गाउँपालिकाद्वारा आयोडिनयुक्त नुन वितरण


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाले गाउँमै आयोडिनयुक्त नुन वितरण सुरु गरेको छ । आयोडिनयुक्त नुन लिन सदरमुकाम जानुपर्ने बाध्यता हटाउन गाउँपालिकाले नुन खरिद गरी नौवटै वडामार्फत नुन वितरण सुरु गरेको हो । 

सान्नी त्रिवेणीले नौवटै वडाका नागरिकका लागि पहिलो चरणमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग एक सय ७५ क्विन्टल नुन खरिद गरेर वितरण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले बताए । 

आयोडिनयुक्त नुन गाउँमै उपलब्ध गराउने उद्देश्यले प्रत्येक वडामा नुन ढुवानी गरिएको र तत्काल नै वितरण थालिने गाउँपालिका अध्यक्ष केसीले बताए । 

सान्नी त्रिवेणी गाउँपालिका वडा नं २ ले वडाबाट नुन वितरण थालेको वडाध्यक्ष वसन्त बुढाले जानकारी दिए। 

पहिलो चरणको नुन वितरण गरेर सकिएपछि दोस्रो चरणमा गाउँपालिकाले नुन खरिद गरेर वडामार्फत नुन वितरणको काम निरन्तरता दिने गाउँपालिका अध्यक्ष केसीले जानकारी दिए।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  ३ : १९ बजे

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र