भारतमा बस दुर्घटना हुँदा छ जना बालबालिकाको मृत्यु « Khabarhub

भारतमा बस दुर्घटना हुँदा छ जना बालबालिकाको मृत्यु


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतको उत्तरी राज्य हरियाणामा बिहीबार स्कुल बस दुर्घटना हुँदा त्यसमा सवार कम्तीमा छ जना विद्यार्थीको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । 

जि.एल. पब्लिक स्कुलका करिब ४० जना विद्यार्थी बोकेको बस कानिना क्षेत्रमा दुर्घटना भएको थियो । प्रारम्भिक रिपोर्टमा ड्राइभरले गाडी उच्च गतिमा लापरबाहीपूर्ण रुपमा चलाएका कारण दुर्घटना भएको जनाइएको छ ।  

एक मिडिया रिपोर्टमा बसका घाइते बच्चालाई उद्धृत गर्दै बस चालकले मदिरा सेवन गरी तीव्र गतिमा बस चलाएका बताएको छ । निर्दोष बालबालिकाको मृत्युले सम्पूर्ण कानिना क्षेत्रबासी गहिरो शोकमा छन् ।

हरियाणा राज्यका मुख्यमन्त्री नायब सिंह सैनीले मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै सन्तान गुमाउने परिवारप्रति सहानुभूति सहित घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  ४ : १७ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल