भोजपुरको वाक्चाखामा विद्युत्को केन्द्रीय प्रसारण लाइन « Khabarhub

भोजपुरको वाक्चाखामा विद्युत्को केन्द्रीय प्रसारण लाइन


२९ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भौगोलिकरूपमा विकट मानिने भोजपुरको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकको वाक्चाखामा विद्युत्को केन्द्रीय प्रसारण लाइन विस्तार भएको छ । यहाँका एक सय ५० घरपरिवारमा विद्युत् विस्तार गरिएको हो । वर्षौंबाट टुकीको साहारामा रात कटाउँदै आएका स्थानीय विद्युत् विस्तारपछि खुसी भएका छन् । 

वर्षौंबाट टुकी तथा सोलारको उज्यालोमा रात कटाइरहेको अवस्थामा विद्युत्को केन्द्रीय प्रसारण लाइन बिस्तार भएपछि दैनिकीमा परिवर्तन आएको स्थानीयवासी राजेन्द्र राईले बताए । विद्युत् विस्तारले कुटानीपिसानीसँगै दैनिक कामकाजमा सहज भएको उनको भनाइ छ । अहिले विद्युतीय उपकरण जडान गरेर काम गर्नसक्ने वातावरण तय भएको उनले जानकारी दिए । 

वडाको सक्रियतामा दुर्गम क्षेत्रमा केन्द्रीय प्रसारण लाइन बिस्तारले सूचनाको पहुँचमा जोडिन सहजता भएको स्थानीयवासी महेन्द्र राईले बताए। विद्युत् बिस्तारपछि नेट, इन्टरनेट, टेलिभिजन प्रयोग गर्दै गाउँमा बसेर देशविदेशको जानकारी लिने गरेको उनले बताए । 

भौगोलिकरूपमा विकट रहेको भए पनि वडालाई आगामी वर्षभित्र उज्यालो वडा घोषणा गर्ने लक्ष्यका साथ केन्द्रीय प्रसारण लाइन बिस्तार भइरहेको वडाध्यक्ष वाचकुमार राईले बताए ।

हालसम्म वडाको ८० प्रतिशत क्षेत्रमा विद्युत् बिस्तार गर्न सफल भएको उनको भनाइ छ । वडाको कुनै पनि स्थानमा विद्युत् नपुगेको अवस्थामा अहिले अधिकांश गाउँमा विद्युत् विस्तार गरिएको वडाध्यक्ष राईको भनाइ छ ।

विद्युत् विस्तारका लागि वडाले १२ लाख बजेट विनियोजन गरेर तार खरिद गरेको वडाध्यक्ष राईले बताए । सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै विद्युत् विस्तारमा पहिलो प्राथमिकता साथ काम गरिरहेको उनको भनाइ छ । 

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ५ : ०६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको