भवन बनाउन तरुण दलको तेस्रो चरणको चन्दा संकलन « Khabarhub

भवन बनाउन तरुण दलको तेस्रो चरणको चन्दा संकलन


२९ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले केन्द्रीय कार्यालय भवन निर्माणका लागि तेस्रो चरणको चन्दा संकलन गरेको छ ।

आज १४ लाख ९५ हजार ९९८ रुपैयाँ सहयोग जुटेको तरुण दलका अध्यक्ष विद्वान गुरुङले जानकारी दिए । 

सहयोग गर्नेहरू केन्द्रिय सदस्य अशोककुमार झाले २ लाख, दिनेश लामाले २ लाख, कुमार अधिकारीले २ लाख २० हजार, जित क्षेत्रीले २ लाख, सुजन थापामगरले २ लाख सहयोग गरेका छन् । 

त्यसैगरी, पुष्पराज बस्नेतले २ लाख र ऋतु ज्ञम्दान तामाङले एक लाख ८ हजार ८८८ सहयोग गरेका छन् । त्यस्तै, अम्बिका देवी बाँस्कोटाले एक लाख ११ हजार ५५५, र कृष्ण प्रसाद खरेलले  ५५ हजार ५५५ सहयोग गरेका छन् ।

केन्द्रीय कार्यसमितिको चैत १५ र १६ गते बसेको बैठकले भवन निर्माणका लागि आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको थियो । सो निर्णय बमोजिम आज दोस्रो चरणको सहयोग जुटेको अध्यक्ष गुरुङले जानकारी दिए । 

पहिलो चरणमा केन्द्रीय सदस्यहरु रमेश गौतमले २ लाख ६० हजार १०५, नवीन राईले २ लाख ५५ हजार, सरोजबहादुर शाहीले २ लाख ११ हजार १११, रत्न महर्जनले २ लाख १ हजार, दिपेन्द्र खड्काले २ लाख २२ हजार २२२, रिता परियारले १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेका थिए । 

त्यस्तै, केन्द्रीय सदस्यहरू सुजन घिमिरे, सरिन घिमिरे, सौरभ केसी र कुलध्वज तामाङले २–२ लाख रुपैयाँ सहयोग गरेका छन् । भवन निर्माणका लागि रविभवनमा स्थानीय मैयादेवी श्रेष्ठबाट जग्गा उपलब्ध भइसकेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ६ : २८ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम