भवन बनाउन तरुण दलको तेस्रो चरणको चन्दा संकलन « Khabarhub

भवन बनाउन तरुण दलको तेस्रो चरणको चन्दा संकलन


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले केन्द्रीय कार्यालय भवन निर्माणका लागि तेस्रो चरणको चन्दा संकलन गरेको छ ।

आज १४ लाख ९५ हजार ९९८ रुपैयाँ सहयोग जुटेको तरुण दलका अध्यक्ष विद्वान गुरुङले जानकारी दिए । 

सहयोग गर्नेहरू केन्द्रिय सदस्य अशोककुमार झाले २ लाख, दिनेश लामाले २ लाख, कुमार अधिकारीले २ लाख २० हजार, जित क्षेत्रीले २ लाख, सुजन थापामगरले २ लाख सहयोग गरेका छन् । 

त्यसैगरी, पुष्पराज बस्नेतले २ लाख र ऋतु ज्ञम्दान तामाङले एक लाख ८ हजार ८८८ सहयोग गरेका छन् । त्यस्तै, अम्बिका देवी बाँस्कोटाले एक लाख ११ हजार ५५५, र कृष्ण प्रसाद खरेलले  ५५ हजार ५५५ सहयोग गरेका छन् ।

केन्द्रीय कार्यसमितिको चैत १५ र १६ गते बसेको बैठकले भवन निर्माणका लागि आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको थियो । सो निर्णय बमोजिम आज दोस्रो चरणको सहयोग जुटेको अध्यक्ष गुरुङले जानकारी दिए । 

पहिलो चरणमा केन्द्रीय सदस्यहरु रमेश गौतमले २ लाख ६० हजार १०५, नवीन राईले २ लाख ५५ हजार, सरोजबहादुर शाहीले २ लाख ११ हजार १११, रत्न महर्जनले २ लाख १ हजार, दिपेन्द्र खड्काले २ लाख २२ हजार २२२, रिता परियारले १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेका थिए । 

त्यस्तै, केन्द्रीय सदस्यहरू सुजन घिमिरे, सरिन घिमिरे, सौरभ केसी र कुलध्वज तामाङले २–२ लाख रुपैयाँ सहयोग गरेका छन् । भवन निर्माणका लागि रविभवनमा स्थानीय मैयादेवी श्रेष्ठबाट जग्गा उपलब्ध भइसकेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  ६ : २८ बजे

वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड

रामल्लाह- कब्जामा रहेको वेस्ट बैङ्कको एक गाउँस्थित मस्जिदमा आगजनी तथा तोडफोड

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, ऊर्जा क्षेत्रलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार

हिंसामुक्त समाज निर्माण उच्च प्राथमिकतामा छ : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसझङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

तीन महिनामा एक हजार ४ सय ५२ सहकारी बचतकर्ताको रकम फिर्ता गरिसक्यौँ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री