ललितपुर महानगरका दश महिला समूह सम्मानित « Khabarhub

ललितपुर महानगरका दश महिला समूह सम्मानित


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुर महानगरपालिकाले महानगरभित्रका दशवटा महिला समूहलाई सम्मान गरेको छ । महानगरले आज आयोजना गरेको उत्कृष्ट महिला समूह घोषणा कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रममा वडा नं ६ मा रहेको वैश्य वर्णं माँ पुचःलाई सर्वोत्कृष्ट महिला समूह घोषणा गर्दै पुरस्कृत गरेको छ ।

वैश्य वर्ण माँ पुचसहित अरु नौवटा समूह उत्कृष्ट महिला समूहको रुपमा पुरस्कृत भएका हुन् । महानगरले प्रत्येक वर्ष महानगरभित्र रहेका महिला समूहले गरेको कामको आधारमा उत्कृष्ट महिला समूह छनोट गर्ने गरेको छ ।

त्यसैगरी, वडा नं ६ मा रहेको सिन्चाहिटी मिसा पुचः, वडा नं ११ मा रहेको दथुलँ महिला समूह, वडा नं २४ धापाखेलमा रहेको श्री शक्ति महिला समूह, वडा नं २९ हरिसिद्धिमा रहेको विहार महिला समूह पहिलो पटक उत्कृष्ट महिला समूहमा सम्मानित हुन सफल भए ।

त्यस्तै, वडा नं २ सानेपामा रहेको साहसी महिला समूह, वडा नंं १३ एकान्तकुनामा रहेको नारी जागृति समूह यस वर्ष पनि उत्कृष्ट महिला समूहमा पुरस्कृत भए । यी दुई समूह अघिल्लो वर्ष पनि उत्कृष्ट समूहमा पुरस्कृत हुन सफल भएका थिए ।

त्यस्तै,वडा नं ६ मा रहेको कनिबहाल जागृति महिला समूह, वडा नं ९ मा रहेको सप्तखेल मिसा पुचः र वडा नंं ९ मा रहेको लोल महिला बचत तथा ऋण समूह तेस्रो पटक सम्मानित हुन सफल भए । पुरस्कृृत हुने महिला समूहलाई महानगर प्रमुख चिरीबाबु महर्जन र उपप्रमख मञ्जली शाक्य बज्राचार्यले पुरस्कारसहित सम्मानपत्र प्रदान गरे।

पुरस्कार वितरणसँगै मन्तव्य राख्दै नगरप्रमुख चिरीबाबु महर्जनले उत्कृष्ट महिला समूहले गरेका सकारात्मक प्रयासको प्रशंसा गरे ।

“तपाईहरु टोल, छिमेक, गाउँ र वडाको नेता हो । अरुले पछ्याउन मिल्ने खालका काममा लाग्न तपाईंहरुलाई सल्लाह दिन चाहान्छु । म २०३८ सालदेखि तीन पटक वडाध्यक्ष, दुई पटक नगरप्रमुख भएँ, अहिलेसम्म एक जना महिला पनि वडा अध्यक्षमा जितेको छैन, एक दुई जना महिला त वडा अध्यक्षमा आउनुपर्ने हो नि ! अब, २०८४ मा २९ वटा वडामध्ये घटीमा पनि तीन जना वडाध्यक्ष महिला आउन सक्नुस्, मेरो शुभकामना छ” महर्जनले भने।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले समूहमार्फत समुदाय र घरलाई समृद्ध बनाउन सक्यौं भने महत्वपूर्ण काम हुन्छ भन्ने धारणा राख्दै महानगरले महिला समूहसँग नमुनायुक्त टोल बनाउन सकरात्मक भूमिकाको अपेक्षा गरेको बताए ।

उनले समृद्धिको लागि सामाजिक रुपान्तरणमा समूहको उत्कृष्ट भूमिकाको अपेक्षा गरे । सामाजिक विकास समितिका संयोजक, वडा नं ९ का वडाध्यक्ष तथा प्रवक्ता राजु महर्जनले विसं २०७९ मा उत्कृष्ट समूह घोषणा गर्दा उद्यमशील महिला समूहलाई प्राथमिकता दिने भन्ने थियो भन्दै यस पटक विगतका मापदण्ड बाहेक उद्यमशीलताले पनि प्राथमिकता पाएकोमा खुसी व्यक्त गरे । उनले सबै महिला समूहले एउटै कुरामा केन्द्रीत हुने भन्दा पनि फरकफरक विषयमा ध्यान दिन आग्रह गरे।

सम्मानित हुनेहरूको तर्फबाट मन्तव्य राख्नुहुँदै सिञ्चाहिटी मिसा पुचः कि अध्यक्ष शान्ति श्रेष्ठ महर्जनले हरेक कामको मूल्याङ्कन हुनु राम्रो कुरा हो भन्दै समाज कल्याण महाशाखाले महिलाको नेतृत्व, व्यक्तित्व विकासमा अत्यन्तै महत्वपूर्ण सहयोग गरेको बताए ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  १० : ०० बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६