सुदूरपश्चिमका मुख्यमन्त्रीको तर्क - निर्वाचन प्रणालीका कारण प्रदेश बदनाम भयो | Khabarhub Khabarhub

सुदूरपश्चिमका मुख्यमन्त्रीको तर्क – निर्वाचन प्रणालीका कारण प्रदेश बदनाम भयो

‘यो संघीय राजनीतिकै समस्या हो’



नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्की एक वर्षको बीचमा तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री बनेका छन् । सरकार निर्माणसंगै यही विषयको मामला फेरि ह्याट्रिक गर्दै अदालत पुगेको छ । अर्कातर्फ उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)मा विवाद सिर्जना भइसकेपछि मधेश प्रदेशमा पनि राजनीतिक अस्थिरता सुरु भएको छ । एमाले र माओवादी प्रदेश सरकारबाट बाहिरिँदै छन् । र उनीहरू बाहिरिँदै गर्दा उपेन्द्र यादव नेतृत्वको सरकार संकटमा परेको कारण नयाँ सरकार गठनको कसरत आरम्भ भएको छ ।
सुदूरपश्चिम प्रदेशमा सत्ता सहयात्री दल नेकपा (एकीकृत समाजवादी) नेतृत्वको सरकारलाई एमाले विश्वासको मत दिन तयार छैन । यही अविश्वासको भुँवरीका कारण एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी नेतृत्व सरकारको भविष्यलाई लिएर विभिन्न कोण प्रतिकोणबाट विश्लेषण हुन थालेको छ । सुदूरपश्चिममा एमालेले देखाएको राजनीतिक रवाफको बाछिटा कस्तो परिरहेको छ ? सत्तारुढ गठबन्धनका लागि एकीकृत समाजवादी साधक हो कि बाधक ? यिनै विषयमा जोडिएर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीसँग कृष्ण तिमल्सिनाले गरेका कुराकानीको सम्पादित अंश :

सुदूरपश्चिममा प्रदेश सरकार टिकाउन विश्वासको मत लिने वा दिने सन्दर्भमा कस्तो कसरत भइरहेको छ ?

हामीले विश्वासको मत सहजै पाइहाल्छौँ । बाहिर जे जस्तो टिकाटिप्पणी भए पनि भित्रको अवस्था सरल छ ।

नेकपा एमालेले ‘पर्ख र हेर’को रणनीति लिनु पछाडिको रहस्य के हो ?

नेकपा एमालेसहित माओवादी केन्द्र, नागरिक उन्मुक्ति, डाक्टर ताराको समर्थनको कारण नै म मुख्यमन्त्रीमा नियुक्त भएको हुँ । जुन शक्तिको आडमा मलाई मुख्यमन्त्री बनाइयो, तिनीहरुले विश्वासको मत नदिने कुनै कारण नै छैन ।

सरकारलाई विश्वास दिने सन्दर्भमा पटक पटक काठमाडौं आएर फर्केका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको प्रतिक्रिया कस्तो छ ?

उहाँहरू मत दिन तयार हुनुहुन्छ ।

नागरिक उन्मुक्तिका लक्ष्मण, किशोरहरू अदालत गएको कारण पछि धकेलिएको हो यो विवाद ?

हैन, अगाडि नै लिऊँ भन्ने मेरो र एमाले साथीहरूको कुरा थियो । पछि दमन भण्डारीको भर्खरै शपथ भएको छ, त्यसपछि सबै माननीयज्यूहरु मिलेर विश्वासको मत लिने सरसल्लाहकै सहमति हो ।

अब तपाईँहरूको बैठक कहिले आह्वान हुन्छ, के छलफल भइरहेको छ ?

हामीसँग जेठ ३ गते सम्मको समय छ, त्यही समयमा नै हामी बैठक गर्छौं ।

सबै प्रदेशमा राजनीतिक कोर्स असन्तुलित भएर अघि बढिरहँदा प्रदेशको औचित्य माथि त प्रश्न र संशय धेरै जन्मिए नि हैन ?

हामी सकेसम्म राम्रो काम गर्छौं । प्रदेशको औचित्यको बारेमा अघिल्लो ५ सालमा सुदूरपश्चिममा प्रदेश सरकारले मात्रै १ हजार किलोमिटर कालोपत्रे सडक बनाएको छ । पुलहरू बनेका छन् । दार्चुला, बाजुरा र बझाङमा पक्की सडक बनेका छन् । जनताको बीचमा प्रदेशले केही गर्छ भनेर आशा, भरोसा दिलाउने काम भएको छ ।

यथेष्ट बजेटको स्रोत नभए पनि धनगढी स्थित कैलाली नालादेखि क्याम्पस सम्मको बाटो बनाइरहेका छौं । त्यसले पनि प्रदेशको काम प्रभावकारी रहेको पुष्टि हुन्छ । नयाँ संरचना भएकाले यसको अभ्यासमाथि केही टिकाटिप्पणी हुने गरेका छन् । निर्वाचन प्रणाली र सरकार निर्माणमा यथेष्ट बहुमत नहुँदा सरकार अस्थिर भएको सत्य हो ।

यो प्रदेशको मात्र नभएर संघीय राजनीतिकै समस्या हो । यसतर्फ मूल राजनीतिक नेतृत्वको ध्यान जानु आवश्यक छ । प्रदेश नै सबै समस्याको मूल कारण भने होइन ।

त्यसो भए संघ र प्रदेश अलग अलग ढङ्गबाट अगाडि बढ्न सक्ने अभ्यास कतिको जायज हुन्छ ?

यो समस्या अरु ठाउँमा छैन । हामी नयाँ भएकोले पार्टीहरू पनि एकात्मक र केन्द्रीकृत छन् । पार्टीहरू केन्द्रको मूल नेतृत्वले जे भन्यो, त्यही बाटोमा हिँड्ने कारण तल पनि त्यही भएको हो । आशा गरौं बिस्तारै यो समस्या समाधान हुँदै जान्छ ।

तपाईंको प्रदेशमा राजेन्द्रसिंह रावललाई पनि मुख्यमन्त्री बन्नु परेको छ, कमल बहादुर शाहलाई पनि अगाडिको रिस पोख्नु परेको छ, लक्ष्मणकिशोर चौधरीहरू अदालत गएका छन् । मुख्यमन्त्रीको पाँच वर्षे कार्यकाल लुछाचुँडीमै बित्ने भयो कसो ?

हाम्रो निर्वाचन प्रणालीको समस्याको कारण यो सबै भएको हो । निर्वाचन प्रणालीलाई प्रदेशले केही गर्न सक्दैन । पार्टीका मूल नेतृत्वहरुले सोच विचार गर्न आवश्यक छ । पटके मुख्यमन्त्री बनाउने प्रवृत्तिले जनतामा निराशा र आक्रोश सिर्जना हुने सम्भावना देखिन्छ ।

सुदूरपश्चिममा अघिल्लो कार्यकाल मुख्यमन्त्री तिलोचन भट्टले पुरै कार्यकार सरकार चलाएको हो । यो पटक राजेन्द्र रावल, कमल शाह म गरेर तीन जना भइसक्यौँ । यसरी धेरै मुख्यमन्त्री मन्त्री बन्नेले जनतामा निराशा छाउँछ ।

यो केन्द्रीय नेतृत्व र गठबन्धनका कारण समस्या आएको हो ।

संविधानको मर्मअनुसार केन्द्रबाट अलग रहेर आफ्नो सरकार आफैं चलाउने दिन कहिले आउँछ ?

पार्टीहरू केन्द्रबाट निर्देशित हुने भएकोले आफ्ना केन्द्रसँग सबै बेरिएका छन् । त्यसकारण तलमाथि अलग हुनुपर्छ भनेर आवाज उठे पनि त्यसो भएको छैन । केही समयपछि ती अभ्यास सुरु होलान् ।

संसदीय व्यवस्था भनेको बहुमतको सरकार हुनुपर्ने तर कुनै एक दलसँग बहुमत छैन । हामीले अबलम्बन गरेको राजनीतिक पद्दतिका कारण यसखाले समस्या दोहोरिरहन्छन् ।

राजनीतिक पार्टीले पनि आफ्नो क्षमता अनुकूल भूमिका निर्वाह गरिदिएको भए यो समस्या आउँदैनथ्यो कि ?

यसअघिको कार्यकालमा प्रदेशमा एमाले सबैभन्दा ठूलो दल थियो । त्यसबखत हामी एमालेमा थियौं । विगतको भूमिकाले वर्तमानको जिम्मेवारी प्राप्त गर्ने हो । त्यस कारण सरकार चलाउने बहुमतले नै हो । बहुमत जुटाउन साना, ठूला दल मिल्नुपर्ने अवस्था छ ।

हिजो ०७४ को निर्वाचनपछि संघ र प्रदेशमा दुई तिहाइको बहुमत थियो । त्यो हामी कम्युनिष्टहरुलाई पचेन । अहिले यस्तै जोड-घटाउ गरेर गर्नुपर्ने भएकोले अस्थिर जस्तो देखिएको हो । यसलाई स्थिरतातिर लैजानुपर्छ । यसो नगर्दासम्म प्रणालीमाथि प्रहार हुने जोखिम थप बढेर गयो ।

जुन ढङ्गबाट संघीयताको परिकल्पना गरियो, सोही अनुकूल तपाईँहरूले अभ्यास गरेको भए यस्तो विधि वितृष्णा बढ्ने थिएन कि ?

नकरात्मकले नै सकारात्मक अवस्था ल्याउने हो । केही भएका राम्रा काम कामलाई ओझेलमा पारेर व्याख्या गरिनु उचित हुँदैन ।

तपाईंहरुको योजना अनुसार कहिलेसम्म विश्वासको मत लिने भन्ने छ ?

जेठ ३ गते सम्म हामीलाई समय छ, यो समयमा नै लिन्छौँ । एमाले जस्तो जिम्मेवार पार्टीले आफ्नो भूमिका विवेकपूर्ण हिसाबमा निभाउँछ भन्ने विश्वास छ ।

एमालेकै सहमतिमा म मुख्यमन्त्री नियुक्त भएको कारण उसले अविश्वास गर्नुपर्ने कारण देख्दिन । त्यसैले मेरो सकारको स्थायित्वमा एमालेले सक्रिय र सकारात्मक भूमिका निर्वाह हुनेमा म विश्वस्त छु ।

ओलीसँग नेपाल बिच्किँदा सोडारीलाई संकट, बझाङ देखाएर एमालेले अड्कायो विश्वासको मत

वैशाख २६ अगाडि एमालेले सोडारीलाई विश्वासको मत नदिने

सुदूरपश्चिम सरकारविरुद्धको रिटमा आज सुनुवाइ

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ३ : ३३ बजे

धरानेको पीडा : सर्दु जलाधारका नाममा कहिलेसम्म सास्ती खेप्ने ?

सुनसरी- राज्य र कर्मचारी तन्त्र अस्पष्ट भएमा सर्वसाधारणले अनावश्यक रुपमा

कारागारका कैदीबन्दी आयआर्जनमा

चितवन– जिल्ला कारागार कार्यालय चितवनका कैदीबन्दीमध्ये २३२ कैदीबन्दी घरेलु इलममा

मेलम्चीको पाइप फुट्दा थापाथलीको सडकमा खाल्डो : पानी बन्द भएपछि मर्मत सुरु

काठमाडौं – बबरमहलमा जस्तै थापाथलीमा मेलम्चीको खानेपानीको पाइप फुट्दा सडकमा

अल्लोको कपडा बुनेर स्वरोजगार बन्दै महिला

मकवानपुर– मकवानपुरको थाहा नगरपालिका दामनका महिलाले स्वरोजगार बन्ने उद्देश्यले अल्लोको

असिना पानीले कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गरिँदै

सुनसरी– सुनसरीमा आइतबार र सोमबार हावाहुरीसँगै आएको असिना पानीबाट कृषि