अफगानिस्तानमा भीषण बाढी, ८० भन्दा बढीको मृत्यु « Khabarhub

अफगानिस्तानमा भीषण बाढी, ८० भन्दा बढीको मृत्यु


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – लगातार वर्षापछि चलेको भीषण बाढीबाट अफगानिस्तानमा जनजीवन नराम्ररी प्रभावित भएको छ । शनिबार दिउँसोसम्म बाढीका कारण ८० जनाभन्दा बढीको ज्यान गएको सत्तारुढ तालिबानले जानकारी दिएको छ ।

बाढीमा सयौं मानिसहरू घाइते भएका र हराइरहेका पनि बताइएको छ । राजधानी काबुलस्थित संयुक्त राष्ट्र संघ कार्यालयले पनि बाढीका कारण भएको मानवीय हताहतीबारे जानकारी दिइरहेको छ ।

बाढीबाट बगलान प्रान्तवासी बढी प्रभावित भएका छन् । बाढीमा फसेका सयौं मानिसहरूलाई तत्काल उद्दार गर्नुपर्ने स्थिति छ ।

अफगानिस्तानको गृह मन्त्रालयले बाढीपीडित उद्धार गर्न शुक्रबार राति हेलिकोप्टर पठाइएको, तर जडित लाइटको क्षमताले उडान निरन्तरता दिन नसकेपछि फर्काइएको जनाएको छ ।

बगलानमा बाढीबाट दुई हजारभन्दा बढी घर, तीन मस्जिद र चार विद्यालयमा निकै क्षति पुगेको छ । बाढीको जोखिमकै कारण तालिबान सरकारले उत्तरी अफगानिस्तानलाई काबुलसँग जोड्ने सडक बन्द गरिदिएको छ ।

बाढी प्रभावित परिवारलाई खाद्यान्न र लत्ताकपडा व्यवस्था गरेको तालिबानले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ५ : १८ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी