उत्पादनका आधारमा किसानलाई अनुदान « Khabarhub

उत्पादनका आधारमा किसानलाई अनुदान


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गोरखा – गण्डकी गाउँपालिकाले पालिकाभित्रका किसानलाई व्यावसायिक तरकारी उत्पादनका आधारमा अनुदान वितरण सुरु गरेको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार किसानलाई तरकारी उत्पादनमा प्रतिकेजी रु दुई अनुदान रकम उपलब्ध गराउन सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिए ।

“पालिकाभित्रका वास्तविक किसानसम्म अनुदान पुर्याउन यस वर्षदेखि उत्पादनका आधार अनुदान कार्यक्रमको थालनी गरिएको हो”, उनले भने, ‘‘गत माघ २३ गतेबाट कार्यक्रम लागू हुनेगरी स्थानीय कृषि सहकारीमार्फत सम्झौता गरेर गाउँपालिकाले कार्यक्रम अघि बढाएको छ ।”

कार्यक्रमअन्तर्गत गाउँपालिकाले अहिलेसम्म तीनवटा वडाका एक सय २८ किसानलाई अनुदान उपलब्ध गराइसकेको छ ।अध्यक्ष तिमल्सिनाका अनुसार फागुनमा तरकारी उत्पादन गरेका वडा नं ८ का ६० किसानलाई अनुदानस्वरुप रु तीन लाख ४८ हजार नौ सय ४८ वितरण गरिएको छ ।

त्यस्तै वडा नं ६ स्थित श्री भैरवी कृषि सहकारीमार्फत ३१ किसानलाई रु ५५ हजार नौ सय ६८ अनुदान उपलब्ध गराइएको उनले बताए ।

“गाउँपालिकाले वडा नं ७ स्थित जनकल्याण ताजा तरकारी उत्पादक कृषि सहकारी संस्थामार्फत ३७ किसानलाई रु ४६ हजार चार सय ५४ वितरण गराइसकेको छ”, उनले भने, “सहकारीमार्फत प्राप्त किसानको विवरणानुसार पालिकाले अहिलेसम्म कुल रु चार लाख ५१ हजार तीन सय ७० रकम किसानलाई अनुदान उपलब्ध गराइसकेको छ ।”

कार्यक्रम अन्तरगत वडा नं ८ मा एउटै किसानले एक महिनामै पालिकाबाट रु ३७ हजार पाँच सय १८ अनुदान लिएका छन् । “स्थानीय किसान लवबहादुर भुजेलले एकै महिनामा १८ हजार सात सय ५९ किलो तरकारी उत्पादन गर्नुभयो”, अध्यक्ष तिमल्सिनाले भने, “यो कार्यक्रमबाट किसानले हौसलासँगै उत्पादनबाट पनि नाफा कमाउन पनि सफल भएका छन् ।”

गाउँपालिकाले पालिकाभित्र कृषि उत्पादन बढाउने र किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यसहित वास्तविक किसानको हातमा अनुदान पुर्याउन उत्पादनमा आधारित अनुदान कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

किसानले सहकारीमार्फत उत्पादनको अभिलेख उपलब्ध गराएपछि गाउँपालिका कृषि शाखाले अनुदान उपलब्ध गराउने अध्यक्ष तिमल्सिनाले जानकारी दिए । पालिकाले मासु उत्पादन गर्ने किसानलाई पनि अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ८ : २२ बजे

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौं– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुलुकका

उपत्यकामा वायु प्रदूषण बढ्दै, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन मन्त्रालयको आग्रह

काठमाडौं– पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा वायु प्रदूषण

‘एक मुठी बादल’ जेठ १ मा प्रदर्शन हुने

काठमाडौं – नायिका आँचल शर्मा शीर्ष भूमिकामा रहेको फिल्म ‘एक

सियोल–वासिङ्टन सैन्य अभ्यासप्रति उत्तर कोरियाको कडा चेतावनी

सियोल– उत्तर कोरियाका नेता किम जोङ उनकी प्रभावशाली बहिनी किम

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर– उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा वृद्धि भएको छ