गादो लगाउँदैमा जनजाति भइँदैनः मुख्यमन्त्री कँडेल « Khabarhub

गादो लगाउँदैमा जनजाति भइँदैनः मुख्यमन्त्री कँडेल


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गादो लगाउँदैमा जनजाति नहुने बताएका छन् ।

आज सुर्खेतको वीरेन्द्रनगरमा जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् सुर्खेतले आयोजना गरेको आदिवासी जनजातिहरूको संस्कृति पहिचान गरी जगेर्ना, संरक्षण तथा प्रवर्द्धन कार्यक्रममा मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन् ।

“जनजातिहरूको कार्यक्रममा पुरुषको भन्दा महिलाको सहभागिता हुनु सकारात्मक कुरा हो । वास्तवमा यस्तो कार्यक्रमको स्वामित्व, पहलकदमी सरकारले लिनुपर्ने हो”, मुख्यमन्त्री कँडेलले भने।

शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशको सहयोग तथा लिसार सांस्कृति समूहको समन्वयमा सम्पन कार्यक्रमको सभापतित्व नेपाल आदिवासी जनजाति महासङ्घ सुर्खेतका कार्यवाहक अध्यक्ष अशोक राजीले गरेका थिए भने सहजीकरण महासङ्घका सचिव भीम गुरुङले गरेका थिए । कार्यक्रममा विभिन्न जनजाति समुदायले आआफ्नो नृत्य प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ११ : ०१ बजे

शैक्षिक सत्रदेखि पढाइ सुरु नभए अनशन बस्ने धनगढीका मेयर हमालको चेतावनी

धनगढी – धनगढी उपमहानगरपालिकाका प्रमुख (मेयर) गोपी हमालले शहीद दशरथ

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन (तस्बिरहरू)

काठमाडौँ– नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल

आत्मदाह प्रयासबाट घाइते चौधरीको मृत्यु

कैलाली– आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५

गायक अशोक दर्जीमाथि दुर्व्यवहार भएको भिडियो भाइरल

काठमाडौँ – चर्चित गायक तथा बालकलाकार अशोक दर्जीमाथि सडकमा कुटपिट

डा. गोविन्द केसी र सरकारबीच जुटेन सहमति आज पनि वार्ता

धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा आमरण