जुम्लामा लोभ हुँदै पानी घट्ट  « Khabarhub

जुम्लामा लोभ हुँदै पानी घट्ट 


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा पछिल्लो समयमा परम्परागत पानी घट्टहरू लोभ हुँदै गएका छन् । गाउँघरमा विद्युत्बाट सञ्चालन हुने मिल आएसँगै पानीबाट चल्ने घट्टहरु संकटमा परेको पातारासी गाउँपालिका–१ का स्थानीय गोविन्द बुढाले बताए।

ग्रामीण क्षेत्रका खोलाको पानीबाट चल्ने घट्टहरुमा स्थानीयवासीले मकै, गहुँ, जौँ,कोदो र फापर लगायतका अन्न पिस्ने गर्दछन् । समय अनुसार आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि ग्रामीण क्षेत्रका पानीघट्ट लोप हुँदै गइरहेको पातारासी गाउँपालिका–१ स्थानीय बुढाले जानकारी दिए ।

गाउँमा आधुनिक मिल र बिजुली नपुगेका बेला पानीघट्ट अन्न पिस्ने साधन मात्र थिएन, गाउँको आत्मनिर्भर जीवनको महत्वपूर्ण आधारसमेत रहेको थियो । 

गाउँमा बिजुली, सडक र आधुनिक प्रविधिको पहुँच बढ्दै गएपछि पानीघट्टको प्रयोग क्रमशः घट्दै गएका सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

हाल प्रयोगविहीन रहेका पानीघट्टलाई कतिपयले सुधार गरी आधुनिक प्रविधिअनुसार पिसानी, तेल र काठ चिरानीसमेत गर्न सक्ने घट्ट बनाएर संचालनमा ल्याएसँगै पुराना पानीघट्ट लोप हुने अवस्थामा पुगेको सिञ्जा गाउँपालिका अध्यक्ष धितालको भनाइ छ ।

कुनै समय जुम्लाका गाउँमा प्रचलनमा रहेका पानीघट्ट अहिले कतिपय ठाउँमा देख्नै मुस्किल हुन थालेका छन् । पानीघट्ट हराउँदै जाँदा त्यसको प्रयोग, बनावट र सञ्चालनको परम्परागत ज्ञानसमेत नयाँ पुस्ताबाट टाढिँदै गएको सिजां गाउँपालिका अध्यक्ष धितालले बताए।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  २ : ०१ बजे

जुम्लामा लोभ हुँदै पानी घट्ट 

जुम्ला– जुम्लामा पछिल्लो समयमा परम्परागत पानी घट्टहरू लोभ हुँदै गएका

चार खेल खेलेर एनपीएलबाट फर्किए डेभिड वार्नर

 काठमाडौँ – अस्ट्रेलियाका पूर्वकप्तान तथा आक्रामक ब्याटर डेभिड वार्नर नेपाल प्रिमियर

बजार बढ्यो, अग्नि नियन्त्रणको पूर्वाधार उस्तै

भद्रपुर– झापाका प्रमुख बजारको स्वरूप फेरिँदै गएको छ । व्यापारिक

उपनिर्वाचन नहुँदा १०७ जनप्रतिनिधिका पद रिक्त, स्थानीय तहमा मात्रै ८५

काठमाडौँ – देशभरका स्थानीय तह, प्रदेशसभा र राष्ट्रिय सभामा गरी

टर्कीको स्टिल कारखानामा विस्फोट, १७ जनाको मृत्यु, १२ घाइते

काठमाडौँ – टर्कीको पश्चिमी क्षेत्र इज्मिर नजिकै रहेको एक स्टिल