टी-२० विश्वकप : दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी श्रीलंकासँग भिड्दै नेपाल « Khabarhub

टी-२० विश्वकप : दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी श्रीलंकासँग भिड्दै नेपाल


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बुधबार नेपालले आईसीसी टी-२० विश्वकप अन्तर्गत दोस्रो खेल खेल्दैछ। अमेरिकाको फ्लोरिडास्थित लाउडरहिल मैदानमा बुधबार बिहान नेपाली समय अनुसार ५:१५ बजे नेपाल र श्रीलंकाको खेल सुरु हुनेछ। समूह ‘डी’मा दुई खेल खेलिसकेको श्रीलंका र एक खेल खेलेको नेपाल अंकबिहीन छन्।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। १०७ रनको चुनौती दिएको नेपाललाई नेदरल्यान्ड्सले ४ विकेट गुमाएर १८.४ ओभरमा १०९ बनाएर ६ विकेटले पराजित गरेको थियो। नेदरल्यान्ड्सँगको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको नेपालले टेस्ट राष्ट्र एवम् विश्वकपको विजेतासमेत रहेको श्रीलंकालाई हराउँदै पहिलो जित निकाल्ने लक्ष्य राखेको छ।

श्रीलंका भने पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र दोस्रो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो। श्रीलंकासमेत तेस्रो खेलमा पहिलो जितको खोजीमा हुनेछ। टेस्ट राष्ट्र श्रीलंकासँग नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो।

१० वर्षपछि विश्वपमा सहभागी भएको नेपाल टेस्ट राष्ट्रलाई पराजित गर्दै विश्व मैदानमा आफ्नो क्रिकेट स्थापित गर्न चाहन्छ। पारस खड्काको कप्तानीमा बंगलादेशमा २०१४ मा भएको विश्वकपमा डेब्यु गरेको नेपालले १० वर्षपछि रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दैछ। १० वर्षअघि विश्वकप टोलीमा रहेका राष्ट्रिय टिमका खेलाडीमध्ये अहिले सोमपाल कामीबाहेक सबै नयाँ छन्।

विश्वकपको मैदान पुगेका नेपाली फ्यान । तस्बिरः क्यान

नेपालको समूह ‘डी’का कुन टिम कस्ता ?

विश्वकपको समूह ‘डी’ मा नेपाल, श्रीलङ्का, दक्षिण अफ्रिका, बङ्गलादेश र र नेदरल्यान्ड्स छन्।

तीन खेलमा सबै जितसहित दक्षिण अफ्रिका ६ अंकसहित समूहको शीर्ष स्थानमा छ। समान दुई अंक जोडेका बंगलादेश र नेदरल्यान्ड्स दोस्रो र तेस्रो स्थानमा छन्। नेपाल र श्रीलंका अंकबिहीन छन्। बुधबार समूहमा अंक जोड्न संघर्ष गरिरहेका नेपाल र श्रीलंकाको खेल हुन लागेको हो। नेपालका लागि श्रीलंका बलियो प्रतिद्वन्द्वी हो।

नेपालले तेस्रो खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा खेल्नेछ। पहिलो खेलमा चिरप्रतिद्वन्द्वी नेदरल्यानड्ससँग पराजित भएको नेपालका लागि अब सबै बलिया प्रतिद्वन्द्वी छन्। लो स्कोरिङ विश्वकपको उपमा पाएको यो प्रतिस्पर्धामा पहिलो पटक विश्वकप खेलेका केही देशले शानदार प्रदर्शन गरेका छन्। आयोजक अमेरिकाले दुई खेल खेल्दा सबैभन्दा बढी चर्चा पाएको छ।

२० टोलीको सहभागिता रहेको विश्वकपमा चार समूहमा विभाजन गरिएको छ। समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन्। सुपर आठमा पुग्न नेपालले कम्तिमा पनि समूह चरणका दुई खेल जित्नैपर्छ।

विश्वकप खेल्ने नेपाली टिम

टी–२० विश्वकप खेल्ने नेपाली टिममा अमेरिकी भिसा नपाएका सन्दीप लामिछानेसमेत थपिएका छन्। उनले वेस्ट इन्डिजमा हुने खेल मात्र खेल्नेछन्। नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी छन्।

वेस्ट इन्डिजमा हुने खेलका लागि भने प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राखिएको नेपाल क्रिकेट संघले जनाएको छ। सन्दीपको नाम विश्वकप खेल्ने सूचीमा समेटिएको भए पनि अमेरिकाले भिसा नदिएपछि आईसीसीसँगको समन्वयमा गोप्य राखिएको क्यानका सचिव खड्काले विज्ञप्तिमार्फत् सोमबार जानकारी दिएका थिए। सन्दीपले देशका लागि विश्वकप खेल्ने आफ्नो सपना पुरा भएको भन्दै वेस्ट इन्डिज पुगेर सबैलाई धन्यवादसमेत दिएका छन्। उनी विश्वकपका लागि वेस्ट इन्डिजमा अभ्यास गरिरहेका छन्।

यो पनि पढ्नुहोस्

१० वर्षपछि क्रिकेट विश्वकपको मैदानमा नेपाल

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ७ : ५० बजे

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक