तुलसीपुर-दङ्गीशरण जोड्ने झोलुङ्गे पुल निर्माण सुरु | Khabarhub Khabarhub

तुलसीपुर-दङ्गीशरण जोड्ने झोलुङ्गे पुल निर्माण सुरु


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दाङ– तुलसीपुर उपमहानगरपालिका-२दङ्गीशरण गाउँपालिका-६ जोड्ने खड्गपुर पोटली झोलुङ्गे पुल निर्माण सुरु भएको छ । संघीय सरकारको विनियोजित बजेट ९७ लाख ४८ हजार लागतमा सो पुल निर्माण सुरु गरिएको दङ्गीशरण गाउँपालिकाका-६ का वडाध्यक्ष रोशनजङ्ग शाहले जानकारी दिए। 

उनका अनुसार सो पुल एक सय २० मिटर लम्बाइको हुनेछ । पुल निर्माणपछि  त्यहाँका दुई १३ घरधुरीका एक हजार दुई सय ७८ जना प्रत्यक्ष लाभान्वित हुने वडाध्यक्ष शाहले बताए । यही जेठ २१ मा सम्झौता भएको पुलको सामाजिक तथा प्राविधिक सहयोग सेवा प्रतिष्ठान नेपाल तुलसीपुर दाङले गर्नेछ भने पुलको निर्माण २०८२ जेठ २० सम्म पूरा गर्ने लक्ष्य  लिइएको छ । 

सो पुलको सोमबार दङ्गीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले शिलान्यास गरे। अध्यक्ष गिरीले अन्तरपालिकाका दुई वटा वडालाई जोड्ने पुल निर्माणले त्यहाँका नागरिकलाई सहरसम्मको पहुँचमा सहज हुने बताए। 

त्यस अवसरमा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले तोकिएको समयमा पुल निर्माण सम्पन्न हुनेमा विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  २ : ३१ बजे

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच