जलवायु परिवर्तन र आर्थिक अस्थिरता मुख्य चुनौती : उपराष्ट्रपति यादव « Khabarhub

जलवायु परिवर्तन र आर्थिक अस्थिरता मुख्य चुनौती : उपराष्ट्रपति यादव


२९ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

पाटन– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तन, वातावरणीय ह्रास, सामाजिक असमानता र आर्थिक अस्थिरताप्रति चिन्ता व्यक्त गरेका छन् । 

मध्यपश्चिम र नेपाल खुला विश्वविद्यालयको आयोजनामा यही जेठ ३२ गतेसम्म सञ्चालन हुने ३०औँ दिगो विकास अनुसन्धानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आज ललितपुरमा आयोजित उद्घाटन समारोहमा उनले पछिल्लो समय विश्वले सामना गर्दै आएका जलवायु परिवर्तन, वातावरणीय ह्रास, सामाजिक असमानता र आर्थिक अस्थिरतालगायत चुनौती विशाल र जटिल बन्दै गएकामा चिन्ता व्यक्त गरे ।

‘जलवायु परिवर्तन, वातावरणीय ह्रास, सामाजिक असमानता र आर्थिक अस्थिरता हाम्रो मुख्य चुनौती हो, यद्यपि, यी चुनौतीभित्र समाज र अर्थतन्त्रलाई समान र दिगोरूपमा रूपान्तरण गर्ने महत्वपूर्ण अवसर पनि रहेका छन्’, उनले भने, ‘नवीकरणीय ऊर्जा प्रवर्द्धन, वन संरक्षण, दिगो कृषि र पर्या–पर्यटनमार्फत ग्रामीण समुदायलाई सशक्तीकरण गर्ने नेपालको प्रयास वातावरणसँग सुमधुर सम्बन्ध कायम गर्ने केही महत्वपूर्ण उदाहरण हुन् ।’

विश्व नै जलवायु परिवर्तनको चपेटामा परेकाले यसको असर न्यूनीकरणमा एउटा देशको प्रयासले मात्र नपुग्ने उनको भनाइ थियो । उनले कुनै पनि राष्ट्रले विश्वव्यापी चुनौतीलाई एक्लै सम्बोधन गर्न नसक्न भन्दै यी सबै चुनौतीको विश्वव्यापी समाधान आवश्यक रहेकोमा जोड दिए। 

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ४ : ०८ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको