डिजिटल कारोबारमा अभ्यस्त हुँदै नेपाली, २ वर्षमै थपिए ८९ लाख वालेट प्रयोगकर्ता | Khabarhub Khabarhub

डिजिटल कारोबारमा अभ्यस्त हुँदै नेपाली, २ वर्षमै थपिए ८९ लाख वालेट प्रयोगकर्ता


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो दुई वर्षमा डिजिटल कारोबार बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंककाअनुसार झन्डै २ वर्षको अवधिमा मात्रै ८९ लाख ३९ हजार १२९ जनामा थप वालेटको पहुँच पुगेको हो । वि.सं २०७९ असार मसान्तसम्म वालेटका प्रयोगकर्ताहरूको संख्या १ करोड ३६ लाख ७५ हजार ९९३ जना थियो । वालेटका प्रयोगकर्ता २०८१ बैशाखमसान्तसम्म आइपुग्दा २ करोड २६ लाख १५ हजार १२२ जना पुगेका हुन् ।

वालेटबाट समीक्षा अवधिमा १७ अर्ब १७ करोड बराबरको कारोबार भएकोमा झन्डै २ वर्षपछि कारोबार रकम बढेर २८ अर्ब ४३ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, मोबाइल बैंकिङका प्रयोगकर्ता पनि बढेका छन् । २०७९ असारमा १ करोड ८३ लाख ७ हजार मोबाइल बैंकिङका प्रयोगकर्ता रहेकोमा २०८१ बैशाखसम्म आइपुग्दा २ करोड ३७ लाख ९७ हजार पुगेको देखिन्छ । २०७९ असारसम्म १६ लाख ८४ हजार इन्टरनेट बैंकिङ प्रयोगकर्ता रहेकोमा २०८१ बैशाखसम्ममा १९ लाख ३८ हजार ८८८ जना पुगेका हुन् ।

इन्टरनेट बैंकिङ प्रयोगकर्ता यो झन्डै दुई वर्षमा साढे २ लाखभन्दा बढी देखिएका हुन । २०७९ असारमा मोबाइल बैंकिङमार्फत् १ खर्ब ६३ अर्ब २५ करोडको कारोबार भएकोमा २०८१ बैशाखमा आइपुग्दा ३ खर्ब २० अर्ब १९ करोड बराबर कारोबार पुगेको हो ।

सो अवधिमा कनेक्ट आइपीएस प्रयोगकर्ताहरु पनि बढेका छन् । समीक्षा अवधिमा ८ लाख ९६ हजार प्रयोगकर्ता रहेकोमा २०८१ बैशाखसम्म १२ लाख ५१ हजार पुगेका हुन् । यो दुई वर्षमा कनेक्ट आइपीएसमा साढे २ लाख प्रयोगकर्ता बढेका हुन् । २०७९ असारमा ३ खर्ब ६९ अर्ब २२ करोडको कारोबार भएकोमा २०८१ बैशाखसम्म आइपुग्दा कारोबार बढेर ५ खर्ब २२ अर्ब ७० करोड पुगेको हो ।

सो अवधिमा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ता समेत बढेका छन् । २०७९ असारमा १ करोड ८ लाख प्रयोगकर्ताको पहुँचमा पुगेको डेबिट कार्ड २०८१ बैशाखसम्म आइपुग्दा १ करोड २७ लाख पुगेको हो । डेबिट कार्डमार्फत् २०८१ बैशाखमा ९७ अर्ब १२ करोड बराबरको कारोबार भएको हो । २०७९ असारमा डेबिट कार्डमार्फत ८३ अर्ब २० करोड बराबरको कारोबार भएको थियो ।

त्यस्तै, २०७९ असारमा २ लाख ३८ हजार जनाको पहुँचमा रहेको क्रेडिट कार्ड २०८१ बैशाखसम्म आइपुग्दा बढेर २ लाख ८६ हजार पुगेको राष्ट्र बैंकले जनाएको छ । २०७९ असारमा १ अर्ब ४९ करोड कारोबार भएकोमा २०८१ बैशाखसम्म आइपुग्दा कारोबार बढेर १ अर्ब ८९ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ५ : ५३ बजे

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी

भारत केरलाकी नर्सलाई यमनमा मृत्युदण्डको सजाय : ‘ब्लडमनी’ अन्तिम विकल्प

काठमाडौं– यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्डको मिति आउन केही

मधेसमा बजेट विवाद समाधान गर्न १४ सदस्यीय कार्यदल गठन

जनकपुरधाम– मधेस प्रदेशमा बजेट सम्बन्धमा देखिएको अवरोध हटाउन ६ सदस्यीय