‘ह्रस्व दीर्घ’ यस्तो छ नीताको ‘लुक्स’ « Khabarhub

‘ह्रस्व दीर्घ’ यस्तो छ नीताको ‘लुक्स’


२९ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘ह्रस्व दीर्घ’ नायिका नीता ढुंगानाले निर्माण गरेको चरित्र खुल्ने पोस्टर सार्वजनिक भएको छ । फिल्मको मुख्य नायिका नीता सो पोस्टरमा बज्र लिएर उभिएकी छन् । 

पोस्टरमा नीताको पछाडि फिल्मका ६ मुख्य कलाकारको टाउको देख्न सकिन्छ । दक्षिण भारतीय ब्रह्मानन्दम र अलीलाई पनि नीताको पछाडि स्थान दिइएको छ । उनीहरूका साथै किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा र आदर्श मिश्रलाई चरित्र खुल्ने गरी पोस्टरमा देखाइएको छ । 

नीताले निर्माण गर्ने यस फिल्म उनका श्रीमान् युवा ज्योतिषी हरिहर अधिकारीले लेखेका हुन् । यो फिल्म चन्द्र पन्तले निर्देशन गरेका हुन् । उनको यो पहिलो नेपाली फिल्ममा डेब्यु निर्देशनसमेत हो । केही भोजपुरी फिल्म निर्देशन गरेका उनले यसअघि नेपाली सिनेमा क्षेत्रमा द्वन्द्व निर्देशकको परिचय बनाएका थिए ।

यो फिल्म नेपाल र भारतमा गरी तीन चरणमा छायांकन गरिएको थियो । असोज ३ गते फिल्मको प्रदर्शन मिति तय गरिएको छ । फिल्ममा हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल लगायतको मुख्य भूमिका रहेको बताइएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ७ : २७ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको